गैरकानूनीरुपमा विदेश रकम पठाउन खल्तीको प्रयोग, कम्पनीले हटायो सबै गेमिङ्ग सर्भिसहरु

Technology Khabar २५ जेष्ठ २०७७, आईतवार

गैरकानूनीरुपमा विदेश रकम पठाउन खल्तीको प्रयोग, कम्पनीले हटायो सबै गेमिङ्ग सर्भिसहरु

काठमाडौं ।

डिजिटल वालेट खल्तीले आफ्नो सेवागैरकानुनी कार्यमा प्रयोग भएको भन्दै सेवाग्राहीहरुलाई त्यसबारेमा सचेत गराएको छ ।

कम्पनीले आज ट्विटरबाट सो बारेमा जानकारी दिँदै केहि सेवाग्राहीहरुले अनलाइन गेमको प्रयोगमा खल्तीबाट रकम पठाउने गरेको भेटेको बताएको छ ।

कम्पनीले नेपालमा दर्ता भएका मर्चेन्टमार्फत गैरकानूनीरुपमा विदेशी कम्पनीलाई भुक्तानी गरिरहेको भेटिएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको बताएको हो ।

ती मर्चेन्टहरुलाई नियमको आधारमा अस्थाईरुपमा रोकिएको खल्तीले जानकारी दिएको छ ।

कम्पनीले गेमर्स समुदायहरुले विशेषगरि त्यस्तो कार्य गरेको भेटिएको भन्दै अनुमतिबिना नेपालबाट बाहिर डलर पठाउन गैरकानूनी हुने जानकारी दिएको छ ।

कम्पनीले यसबारेमा छिटै कानूनी उपाय खोज्ने भन्दै त्यसबेलासम्म आधिकारीक सेवा मात्र प्रयोग गर्न भनेको हो ।

त्यसबेलासम्म खल्तीले आफ्नो सबै गेमिङ्ग सर्भिसहरु हटाएको र बन्द गरेको जानकारी दिएको छ ।

easy care

प्रकाशित: २५ जेष्ठ २०७७, आईतवार