नेपालमा डिजिटल हस्ताक्षर र डिजिटल हस्ताक्षर प्रमाणपत्रको प्रयोग, थाहा पाउनुपर्ने विषयहरु

Technology Khabar २५ जेष्ठ २०७७, आईतवार

नेपालमा डिजिटल हस्ताक्षर र डिजिटल हस्ताक्षर प्रमाणपत्रको प्रयोग, थाहा पाउनुपर्ने विषयहरु
Global IME Bank

काठमाडौं ।

पछिल्ला दिनहरुमा सरकारी निकाय , बित्तिय संस्था , व्यवसायिक संस्था तथा सर्वसाधारणसमेत कागजातहरुको आदानप्रदान तथा अभिलेखिकरणको लागि बिद्युतीय माध्यम प्रमुख विकल्पको रुपमा  प्रयोग गर्न थालिएसँगै सरकारले यसलाई निकै संवेदनशिल भएर हेरिरहेको छ ।

जसले गर्दा सरकारी तथा गैर सरकारी  डकुमेन्टहरुको सुरक्षा , प्रमणिकता  र साइबर सुरक्षामा जोड दिईरहेको छ । त्यसरी बिद्युतीय माध्यमबाट सिर्जित कागजातहरुमा आबस्यक पर्ने हस्ताक्षर पनि बिद्युतीय हुनुपर्ने आवश्यक छ ।

त्यसैले बिद्युतीय कारोबार ऐन २०६३ ले बिधुतिय व्यक्ति तथा संस्थाहरुलाई आबस्यक पर्ने बिद्युतीय हस्ताक्षर जारी गर्न प्रमाणिकरण नियन्त्रकको कार्यालय रुपमा नियामक निकाय र उक्त नियामक निकायबाट इजाजत प्राप्त विद्युतीय (डिजिटल) हस्ताक्षर जारी गर्ने निकाय (CA ) को व्यवस्था गरेकोछ ।

सरकारी वेबसाइट र डकुमेन्टहरुमा ह्याकरले पहुँच पाएसँगै सरकारले यसलाई समेत निकै संवेदनशिल भएर हेरिरहेको छ । जसले गर्दा सरकारी डकुमेन्टहरुको सुरक्षा र साइबर सुरक्षामा जोड दिईरहेको छ ।

भर्खरैमात्र आएको बजेटमा पनि डिजिटल सुरक्षा र साइबर सुरक्षालाई प्राथमिकता दिईएकोछ भने बजेट समेत उपलब्ध गराईएको छ ।

सरकारले सुरक्षालाई प्राथमिकतामा राखेर डकुमेन्टहरुलाई सुरक्षित बनाउन र डकुमेन्टहरु आदानप्रदानलाई भरपर्दो बनाउन विद्युतीय (डिजिटल) हस्ताक्षर समेत लागू गराईरहेको छ ।

यस आवमा मात्रै १ हजार भन्दा धेरै डिजिटल हस्ताक्षर जारी गरिएको चालु आवको आर्थिक सर्वेक्षणमा उल्लेख छ भने यो आउने दिनहरुमा अझै थपिँदै जानेछ।

नेपालमा मात्र नभएर डिजिटल हस्ताक्षर विश्वका विभिन्न मुलुकहरुमा प्रयोग गरिन्छ । भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अमेरिका, बेलायत, क्यानाडा, स्वीडेन, चीन, जापान, कोरिया लगायतका मुलुकहरुमा लाखौंको संख्यामा अनिवार्य प्रयोग गर्नुपर्ने नियम रहेको छ। ती मुलुकहरुमा डिजिटल हस्ताक्षर बिना सरकारी तथा गैर सरकारी  कागजी प्रकृया, आदान प्रदान गर्न असंभव प्राय रहेको छ ।

नेपालमा पनि सरकारी निकायहरुमा यसको प्रयोग बढ्दो रहेको छ । त्यसैले हामी यहाँ कागजातहरुको आदानप्रदान तथा अभिलेख सुरक्षण , भण्डारण र कानुनी मान्यता प्राप्त गर्नका लागि प्रयोग गरिने डिजिटल हस्ताक्षर बारेमा सरल किसिमले बुझ्ने गरि विभिन्न श्रृंखलामा जानकारीहरु दिने प्रयास गर्नेछौं । यसमा सजिलो प्रश्नोत्तरमा बुझ्न सकिने गरि जानकारी दिईएको छ ।

डिजिटल हस्ताक्षर प्रमाणपत्र (Digital signature certificate) एक सुरक्षित डिजिटल कुञ्जी (साँचो) हो, यो प्रमाणपत्र लिएको व्यक्तिको पहिचान प्रमाणीकरण र प्रमाणित गर्ने उद्देश्यको लागि सरकारबाट मान्यता प्राप्त  विद्युतीय हस्ताक्षर प्रदान गर्ने निकायहरूद्धारा जारी गरिन्छ।

डिजिटल हस्ताक्षर हस्ताक्षरको एक इलेक्ट्रोनिक रुप हो जुन सन्देशको प्रेषक वा कागजातको हस्ताक्षरकर्ताको पहिचान प्रमाणित गर्न प्रयोग गर्न सकिन्छ, र पठाइएको सन्देश वा कागजातको मूल सामग्री परिवर्तन भएको छैन भनेर पनि सुनिश्चित गर्दछ।

डिजिटल हस्ताक्षर सजिलै एक स्थानबाट अर्को स्थानमा लान सकिने किसिमका छन् र अरू कसैले नक्कल गर्न सक्दैनन् । सक्कली हस्ताक्षर गरिएको सन्देश आइपुगेको छ भनि सुनिश्चित गर्ने क्षमता भएको हुँदा यसलाई पछि प्रेषकले सजिलै अस्वीकार गर्न सक्दैन्।

डिजिटल हस्ताक्षर प्रमाणपत्र (डीएससी) भौतिक वा कागज प्रमाणपत्रको इलेक्ट्रोनिक ढाँचा हो, जस्तै सवारी चालक अनुमति पत्र, राहदानी आदि। प्रमाणपत्र एक निश्चित उद्देश्यका लागि एक व्यक्तिको पहिचानको प्रमाणको रूपमा प्रस्तुत गरिन्छ, उदाहरणको लागी- राहदानीले कसैलाई त्यो देशको नागरिकको रूपमा चिनाउँछ जो कानूनीरूपमा कुनै पनि देशमा यात्रा गर्न सक्दछ।

त्यस्तै, डिजिटल हस्ताक्षर प्रमाणपत्र तपाइँको पहिचान प्रमाणित गर्न, जानकारी वा सेवाहरू इन्टरनेटमा पहुँच गर्न वा कागजातहरू डिजिटल हस्ताक्षर गर्नका लागि विद्युतीय रूपमा प्रस्तुत गर्न सकिन्छ।

कसले डिजिटल हस्ताक्षर प्रमाणपत्र प्रदान गर्दछ ?
प्रमाणीकरण   गर्ने निकायहरूद्धारा (Certifying Authority , abbr. CA ) डिजिटल हस्ताक्षर प्रमाणपत्र (Digital Signature Certificate abbr. DSC) जारी गरिन्छ। कसैले पनि आधिकारीक डिजिटल प्रमाणपत्र प्राप्त गर्नका लागि यो विद्युतीय हस्ताक्षर प्रमाणपत्र प्रदान गर्ने निकाय (सिए) बाट प्राप्त गर्नुपर्दछ। विद्युतीय हस्ताक्षर प्रमाणपत्र प्रदान गर्ने निकाय एक प्रकारको विश्वसनिय सेवा प्रदायक हो, र यो तेस्रो पक्षिय संस्था हो जसलाई देशमा विश्वास गरिन्छ र स्वीकार्य हुन्छ।

डिजिटल हस्ताक्षर प्रमाणपत्रहरु कति प्रकार वा वर्गका हुन्छन् ?
डिजिटल हस्ताक्षर प्रमाणपत्रहरु मुख्यतया तीन वर्गका हुन्छन् । वर्ग १, वर्ग २ र वर्ग ३ । यी डीएससी बिभिन्न फरक फकर उद्देश्यहरुका लागि प्रयोग गर्ने गरिन्छन्।

डिजिटल  हस्ताक्षर प्रमाणपत्र र डिजिटल हस्ताक्षर बीच के भिन्नता छ ?
डिजिटल हस्ताक्षर कुनै पनि व्यक्तिको  प्रमाणिकता ( authenticity), एकिकृत ( integrity), गैर-खण्डन (non-repudiation) प्रमाणित गर्न प्रयोग गरिन्छ, अर्थात् यसले सन्देश पठाउने व्यक्ति परिचित रहेको र मेसेजलाई परिमार्जन गरिएको छैन भन्ने सुनिश्चत गराउँछ । जबकि डिजिटल प्रमाणपत्र प्रयोगकर्ताको पहिचान प्रमाणित गर्न प्रयोग गरिन्छ, यसमा प्रेषक वा प्रापक दुबैमध्ये हुनसक्दछन् ।

डिजिटल प्रमाणपत्र कसले जारी गर्न सक्छ ?
ग्राहक, सर्भर तथा संस्थाको पहिचान प्रमाणित गर्न डिजिटल प्रमाणपत्रहरू विश्वसनीय पक्षहरुद्वारा जारी गरिन्छ, जसलाई प्रमाणिकारण गर्ने निकाय भनिन्छ । डिजिटल प्रमाणपत्रले दुई उद्देश्यहरू पुरा गर्दछन् पहिलो यसले बाहकको पहिचान प्रमाणित गर्दछ र दोस्रो यसले बाहकको सार्वजनिक कुञ्जीलाई उपलब्ध गराउँछ।

एक इजाजतपत्र प्रमाणिकारण गर्ने निकाय (सिए)ले डिजिटल हस्ताक्षर जारी गर्दछ। प्रमाणिकरण गर्ने निकाय भन्नाले त्यस्तो निकाय हो जसलाई विद्युतीय कारोबार ऐन २०६३ र विद्युतीय कारोबार नियम २०६४ अन्तर्गत डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्न अनुमति पत्र जारी गरिएको हुन्छ ।

वर्ग २ र वर्ग ३ डिजिटल हस्ताक्षर भनेको के हो ?
वर्ग २ डिजिटल हस्ताक्षर व्यक्ति र उद्यमीहरूका लागि जारी गरिन्छ। यो आय कर, कम्पनीको रजिस्ट्रार कार्यालयमा कागजातहरुको प्रकृयाका लागि तथा भ्याट दर्ता जस्ता कार्यको लागी प्रयोग गरिन्छ । वर्ग ३ डिजिटल हस्ताक्षर अनिवार्य रूपमा संस्थाहरूलाई जारी गरिन्छ तथा व्यक्तिको लागि र सामान्यतया यो विद्युतीय बोलपत्र र अनलाइन खरीद , प्रक्रियाहरूको लागि प्रयोग गरिन्छ जसमा उच्च वित्तीय मूल्यहरू समावेश भएका हुन्छन्।

डिजिटल हस्ताक्षरको वैधता के हो ?
डिजिटल हस्ताक्षर प्रमाणपत्र टोकनमा यो डाउनलोड गरेबाट सामान्यतया १ वा २ बर्ष अवधिको लागि वैध हुन्छ।

डिजिटल हस्ताक्षर भण्डारण टोकन के हो ?
डिजिटल हस्ताक्षरको लागि यूएबसी टोकन (Cryptographic Token) एउटा यूएसबी टोकन एक पासवर्डद्धारा सुरक्षित भौतिक उपकरण हो जसमा डिजिटल हस्ताक्षर प्रमाणपत्र मात्र भण्डारण गर्न सकिन्छ। डिजिटल हस्ताक्षर प्रमाणपत्रहरू पहिचान गर्न र खोल्नको लागि टोकनमा विशेष बिल्ट-इन सफ्टवेयर राखिएको हुन्छ। यसमा यूएबसी टोकन, ई-टोकन, डोङ्गल र डिजिटल हस्ताक्षर टोकन जस्ता शब्दाबलीहरु एकआपसमा प्रयोग गरीन्छन्।

डिजिटल हस्ताक्षरका लागि तीन प्रयोगहरू के हुन् ?
डिजिटल हस्ताक्षरको उपयोग
डिजिटल हस्ताक्षर सूचना सुरक्षाको तीन महत्त्वपूर्ण लक्ष्यहरू पूरा गर्न प्रयोग गरिन्छन्- एकिकृत(Integrity), प्रमाणिकरण (Authentication ) र गैर-खण्डन (Non Repudiation)।

हामी यसको अर्को भागमा डिजिटल हस्ताक्षरको प्रयोग कसरी र किन गरिन्छ भन्ने बारेमा उल्लेख गर्नेछौं ।

Sajilo Visa

प्रकाशित: २५ जेष्ठ २०७७, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार