स्मार्टवाच बनाउने कम्पनी फिटबिटले बनायो आपतकालीन भेन्टिलेटर

Technology Khabar २५ जेष्ठ २०७७, आईतवार

स्मार्टवाच बनाउने कम्पनी फिटबिटले बनायो आपतकालीन भेन्टिलेटर

काठमाडौं ।

वेयरेबल सामाग्रीहरु उत्पादन गर्ने अमेरिकी कम्पनी फिटबिटले कोविड-१९ महामारीको बेलामा वैश्विक भेन्टिलेटर अभावलाई सम्बोधन गर्न फिटबिट फ्लो नामको एक उच्चस्तरीय, कम लागत, र सजिलो किसिमले संचालन गर्न सकिने आपतकालीन भेन्टिलेटर डिजाइन र विकास गरेको छ।

जहाँ परम्परागत कमर्शियल भेन्टिलेटर छैन त्यस स्थानमा यसलाई प्रयोग गर्न सकिनेछ। यसलाई अमेरिकाको खाद्य र औषधि प्रशासनद्वारा मान्यता दिईएको छ।

कम्पनीकाअनुसार फिटबिट फ्लो स्ट्याण्डर्ड रेससिटेटर ब्यागमा निर्मित छ; जस्तोकी प्यारामेडिक्सद्वारा प्रयोग गरिने गरिन्छ; जसमा स्वचालित कम्प्रेसरहरू र बिरामी अनुगमनका लागि सबै अत्याधुनिक उपकरण, सेन्सरहरू र अलार्महरू सहित मिलेर काम गर्दछ ।

यो उपकरण सहज र प्रयोग गर्नको लागी सरल डिजाइन गरिएको छ। यसले सम्भावितरुपले विशेष स्टाफमा तनाव कम गर्न मद्दत गर्दछ, जसलाई सामान्यतया कमर्शियल भेन्टिलेटर सञ्चालन गर्न आवश्यक हुन्छ।

“हामीले एडभान्स सेन्सर विकास, निर्माण र हाम्रो विश्वव्यापी आपूर्ति श्रृंखलामा अवसरहरू देख्यौं, जसले हामीलाई विश्वव्यापी भेन्टिलेटरको अभाव पूरा गर्न र विश्वमा भाइरससँग लड्न मद्दत गर्दछ।” फिटबिटका सह-संस्थापक र सीईओ जेम्स पार्कले भने ।

फिटबिट स्मार्टवाच, स्मार्टसेन्सर, स्मार्टब्याण्डलगायतका उपकरण बनाउनका लागि प्रसिद्ध छ । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: २५ जेष्ठ २०७७, आईतवार

ताजा समाचार