जब मोबाइल फोन चार्ज गर्ने ‘चार्जर केबल’ मानिसको मूत्रथैली भित्र भेटियो !

Technology Khabar २४ जेष्ठ २०७७, शनिबार

जब मोबाइल फोन चार्ज गर्ने ‘चार्जर केबल’ मानिसको मूत्रथैली भित्र भेटियो !
Classic Tech

हामीले बेलाबेलामा स्मार्टफोन पड्किएको र जलेको त सुन्दै आएका छौं । तर अहिले भने एक व्यक्तिको मुत्रथैलीमा स्मार्टफोन चार्ज गर्ने चार्जर डाक्टरले भेटेका छन् । यो सुन्दा पक्कै पनि तपाईँलाई कुनै फिल्मी घट्ना जस्तो लाग्यो होला तर यो सत्य घट्ना हो ।

हालै भारतको गुवाहाटीका एक डाक्टरले एक जना बिरामीको पिशाब थैलीबाट स्मार्टफोन चार्जर केबल निकालेका छन् ।

समाचार रिपोर्टकाअनुसार ती डाक्टरले सो बारेमा आफ्नो फेसबुकबाट तस्वीर समेत शेयर गरेका छन् र उनले आफ्नो २५ वर्षको पेशामा यस्तो पहिलो पटक देखेको बताएका छन् ।

भारतीय कन्सल्ट्यान्ट सर्जन वालियम इस्लामले हालै एक बिरामीको शल्य चिकित्सामार्फत सो चार्जर केबल झिकिएको बताएका छन् ।

उनलाई सो बिरामी व्यक्तिले शुरुमा आफ्नो पेटमा समस्या भएर आएको बताएको थियो । जहाँ सो बिरामीले अचानक हेडफोन भित्र गएको भन्दै झुटो बोलेर आफ्नो बौद्धिक र शल्य चिकित्सकिय सिपलाई नै चुनौती दिएको डाक्टरले बताएका छन् ।

सो बिरामीले शुरुवातमा डाक्टरलाई विभिन्न पेटको समस्या भएको भन्दै अस्पताल गएको थियो । र एक्सरेले पनि बिरामीको तल्लो भागमा केहि भएको देखाएको थियो । र त्यसलाई इन्डोस्कोपीले एउटा तार भएको सुनिश्चित गरेको थियो । तर डाक्टरले बिरामीको पेटमा अपरेशन गर्दा केहि फेला पारेको थिएनन् ।

अपरेशनपछि पुन सो मानिसको एक्सरे अपरेशन थिएटरमा नै गरिएको थियो र तर यसअघि बिरामी व्यक्तिले भनेको जस्तो हेडफोन भने थिएन् । त्यहाँ उसको मुत्रथैलीमा मोबाइल फोन चार्जर रहेको देखाएको थियो ।

डाक्टर इस्लामले सो व्यक्तिलाई पछि निजी अस्पतालमा अपरेशन गरेर सो मोबाइल फोन चार्जर केबल निकालेका थिए । डाक्टरकाअनुसार सो बिरामीको हाल सुधार भईरहेको छ ।

‘यदि बिरामीले सहि बोलेको भए अपरेशन गर्न आवश्यक थिएन र मुत्रनलीबाट निकाल्न सकिने थियो,’ डाक्टरले भनेका छन् ।

डाक्टरले बताएअनुसार सो बिरामीलाई यौन सुखको लागि उसको मुत्रनलीमार्फत केबलहरु र अन्य वस्तुहरु भित्र हाल्ने लत लागेको थियो । त्यसलाई डाक्टरले ‘युरेथ्रल माटरबेसन’ भएको बताएका छन्। जसमा मुत्रनलीमा कुनै वस्तु हाल्ने गरिन्छ ।

त्यसैले गर्दा डाक्टरले सो चार्जर केबल सो मुत्रनलीसँग जोडिएको मुत्राशयमा भेटेका थिए ।

डाक्टरले यसलाई निकै दूर्लभ घट्ना भएको बताएका छन् ।

प्रकाशित: २४ जेष्ठ २०७७, शनिबार

Comments are closed.

Loading...