ट्विटर, फेसबुक र इन्स्टाग्रामले अमेरिकी राष्ट्रपतिको भिडियो हटाईदिए, प्रतिलिपि अधिकार बारेको उजुरी

Technology Khabar २४ जेष्ठ २०७७, शनिबार

ट्विटर, फेसबुक र इन्स्टाग्रामले अमेरिकी राष्ट्रपतिको भिडियो हटाईदिए, प्रतिलिपि अधिकार बारेको उजुरी

काठमाडौं ।

ट्विटर इंक, फेसबुक इंक र इन्स्टाग्रामले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानले राखेको जर्ज फ्लोयड प्रतिको श्रद्धांजलि भिडियो शुक्रवार उनीहरूको प्लेटफर्ममा प्रतिलिपि अधिकार बारेको उजुरीपछि डिसेबल अर्थात हेर्न नमिल्ने बनाएको तथा हटाईएको छ ।

मिनेसोटामा पुलिस हिरासतमा रहँदा फ्लोयडको मृत्युपछि भएको प्रदर्शन जुलुस र हिंसाका घटनाहरूका फोटो र भिडियोहरू देखिने क्लिपको पृष्ठभूमिमा ट्रम्पले बोलेका छन्।

कुन विषयमा प्रतिलिपि अधिकारको उजुरी परेको थियो भन्ने कम्पनीहरुले स्पष्ट पारेका छैनन् । तर क्यालिफोर्नियाका वकिल साम कुलाकले उनको फर्मपोलिटिकले ट्विटर, फेसबुक, इन्स्टाग्राम र यूट्यूबमा प्रतिलिपि अधिकारको गुनासो पेश गरेका थिए ।

फोटो र भिडियो साझेदारी नेटवर्क इन्स्टाग्रामको स्वामित्व राख्नेले यसले डिजिटल मिलेनियम प्रतिलिपि अधिकार ऐन अन्तर्गत सिर्जनाकर्ताको प्रतिलिपि अधिकार उजूरी प्राप्त गरेपछि पोष्ट हटाएको बताएको छ ।

तीन मिनेट ४५ सेकेण्डको सो भिडियो ट्रम्पको आधिकारीक यूट्यूब च्यानलमा पनि राखिएको छ । र हालसम्म सो भिडियो यूट्यूबले भने हटाएको छैन् ।

कम्पनीले अन्य नेटवर्कमा राखिएको भिडियो भन्दा सो केहि फरक रहेको र कुनै कपिराइट अधिकारको उजुरी नआएको बताएको छ । एजेन्सीका साथ

 

Global Bank
easy care

प्रकाशित: २४ जेष्ठ २०७७, शनिबार

ताजा समाचार