फेसबुकको फोटोहरु अब गूगल फोटोजमा राख्न सकिने, यसरी गर्नुस् सेटिङ्ग

Technology Khabar २४ जेष्ठ २०७७, शनिबार

फेसबुकको फोटोहरु अब गूगल फोटोजमा राख्न सकिने, यसरी गर्नुस् सेटिङ्ग

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताहरुका लागि नयाँ फीचर थप गरेको छ ।

गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरिएको नयाँ  फीचरलाई फेसबुकले हाल विश्वभरका यूजर्सका लागि उपलब्ध गराएको हो । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा यसमा थप सुधार गरेर फेसबुकले यो नयाँ फीचर विश्वव्यापी गरेको हो ।

नयाँ फीचरअनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गूगल फोटोमा सारेर स्टोर गर्न सकिने भएको छ ।

यसरी गर्नुस् सेटिङ्ग

फेसबुकबाट गूगलमा फोटो सार्नका लागि केही प्रक्रिया अपनाउनु पर्ने कम्पनीले जनाएको छ ।

गूगलमा फोटो सार्नका लागि फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’ मा जानु पर्नेछ । त्यसका लागि सबैभन्दा पहिले सेटिङ्गमा जानु पर्दछ । त्यसपछि ‘ट्रान्सफर ए कपी अफ योर फोटोज अर भिडियो’ मा जानुपर्ने हुन्छ ।

त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेको फोटो गूगल फोटोमा गएर संग्रह हुनेछ ।

फोटो सार्ने सेवा शुरु गर्न पासवर्ड पनि माग्ने गरी मिलाइएको छ । आफ्नो फेसबुक र गूगल ‘अकाउन्ट’लाई लिंक गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुकको फोटोहरू ‘गूगल फोटोज’मा सार्न सक्नेछन् । यसले फेसबुकमा भएका फोटोहरु गूगल फोटोमा सारेर अन्य स्थानहरुमा सजिलै प्रयोग गर्न सकिनेछ । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: २४ जेष्ठ २०७७, शनिबार

ताजा समाचार