एनसेलले भिडियो सेवा अन्तरगतको आईफ्लिक्स सेवा बन्द गर्यो

Technology Khabar २४ जेष्ठ २०७७, शनिबार

एनसेलले भिडियो सेवा अन्तरगतको आईफ्लिक्स सेवा बन्द गर्यो

काठमाडौं ।

मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो निकै प्रयोगमा रहेको भास सर्भिस आईफ्लिक्स बन्द गर्ने भएको छ ।

कम्पनीले आज जेठ २४ गतेदेखि भिडियो सेवा अन्तरगत रहेको आईफ्लिक्स सेवा बन्द गर्न लागेको हो ।

ग्राहकहरुबाट शुल्क लिएर प्रयोग गर्न सकिने सुबिधा अन्तरगत सो सेवा संचालन गरिरहेको थियो । तर कम्पनीले अचानक जेठ २४ गतेदेखि बन्द गर्ने घोषणा गरेको हो ।

कम्पनीले यो सेवाको बारेमा जानकारी यसअघि देखि नै आफ्नो आधिकारीक वेबसाइटबाट हटाईसकेको थियो ।

मलेशियामा आधारित आईफ्लिक्सले विभिन्न १३ देशहरुमा सेवा संचालन गरिरहेको छ । यसले आजियाटाका लगानी भएका देशहरुमा विशेषरुपमा सेवा उपलब्ध गराईरहेको थियो ।

कम्पनीले नेपालमा पनि नेपाली भाषाका टेलिभिजन शो, गित संगित तथा सिनेमाहरु देखाउँदै आएको छ ।

एनसेलले नेपालमा आईफ्लिक्सको सेवा २०७४ सालदेखि उपलब्ध गराएको थियो । तत्कालिन समयमा नेपालमा कम्पनीले फोरजी सेवालाई बिस्तार गरिरहेको बेला प्रबद्र्धन गर्न सो सेवा लन्च गरेको थियो । शुरुवाती समयमा निश्चित अवधिसम्म एनसेलको डाटा प्रयोग गरेर निशुल्क हेर्न सकिने सुबिधा थियो ।

Global Bank
easy care

प्रकाशित: २४ जेष्ठ २०७७, शनिबार

ताजा समाचार