शाओमीद्धारा चीनको ओएलईडी निर्माता कम्पनीमा २ करोड डलर भन्दा बढी लगानी

Technology Khabar २४ जेष्ठ २०७७, शनिबार

शाओमीद्धारा चीनको ओएलईडी निर्माता कम्पनीमा २ करोड डलर भन्दा बढी लगानी

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले चीनको अग्रणी ओएलईडी निर्मातामा कम्पनीमा १३४ मिलियन यूआन अर्थात २ करोड डलर भन्दा बढी लगानी गरेको छ।

शाओमीले चीनको कम्पनी डालियान झियुन अटोमेशन कम्पनीमा लगानी गरेको हो र यसले विशिष्टकृतरुपमा एलसीडी, ओएलईडी, र मिनी एलईडी प्रविधिहरूको उत्पादन गर्ने बताईएको छ।

लगानीबापत स्मार्टफोन निर्माताले सो कम्पनीको १ करोड ५५ लाख कित्ता शेयर पाउनेछ । यो कम्पनीको कुल शेयरको ५‍.६३ प्रतिशत हो ।

शाओमीले झियुन कम्पनीका कार्यकारी मालिक टान योनलियानसँग सम्झौता गरेको रिपोर्टमा उल्लेख छ । यो ओएलईडी निर्माता इमेजिंग प्यानलका लागि टेक्नोलोजी प्रदान गर्ने सबैभन्दा ठूलो चिनियाँ कम्पनी हो। यसले चीनका अन्य उत्पादक कम्पनीहरुसँग मिलेर काम गर्दछ । र यी सबै चिनियाँ कम्पनीहरु सामसङको ओएलईडी बजारका प्रतिस्पर्धीहरु हुन् । एजेन्सीका साथ

easy care

प्रकाशित: २४ जेष्ठ २०७७, शनिबार