ई-कमर्श अनलाइन दराजमा निशुल्क गेम खेल्न सकिने, १६ सय रुपैयाँसम्मको भौचर पाईने

Technology Khabar २३ जेष्ठ २०७७, शुक्रबार

ई-कमर्श अनलाइन दराजमा निशुल्क गेम खेल्न सकिने, १६ सय रुपैयाँसम्मको भौचर पाईने

अनलाइन बजार दराजले दराज फस्ट गेम्स (डिएफजी) आजदेखि सुरु गरेको छ।

दराज फस्ट गेम्स दराज एपमा एक रमाईलो गेमिंग प्लेटफर्म हो जहाँ दाराज प्रयोगकर्ताहरूले निशुल्क अनलाइन गेमहरू खेल्न सक्दछन् र दराज भाउचरहरू सहित अन्य रोचक पुरस्कारहरु जित्न सक्नेछन् ।

नेपालका ग्राहकहरु बीच त्यस्तो मनोरन्जनको बढ्दो माग पूरा गर्न दराजले विस्वकै सबै भन्दा लोकप्रीय गेमिंग प्लेटफर्महरु मध्ये एक, पेटीएम फस्ट गेम्ससँग मिलेर डिएफजी शुरू गरेको हो।

पेटीएम सँगको साझेदारीका साथ दराजले पेटीएमको उच्च प्रविधि र डिजिटल गेमिंग क्षेत्रमा रहेको अनुभवको फाइदा लिन सक्नेछ। र डिएफजी का साथ दराज प्रयोगकर्ताहरूले एउटै प्लेटफर्ममा सबै प्रकारका विश्व प्रसिद्ध गेमहरूको मज्जा लिन सक्ने दाबी गरिएको छ ।

दराज फस्ट गेम्समा प्रयोगकर्ताहरुले रेसिंग, एक्शन, शुटिंग, र आर्केड र अन्य अरु प्रकारक गेमहरु निशुल्क खेल्न पाउनेछन। यसका साथै, गेमरहरूले दुबै टोर्नामेन्ट मोड र १:१ मोडमा भाग लिन सक्दछन् जहाँ उनीहरूले आफ्ना साथीभाइ, परिवार, वा अन्य प्रयोगकर्ताहरूसँग अनलाइन खेल्न सक्नेछन् । प्रयोगकर्ताहरुले डिएफजी मार्फत रु. १,६०० सम्मको भाउचर सहित अन्य रोचक पुरस्कारहरू जित्न सक्नेछन् जुन उनीहरूले अनलाइन शपिंग गर्दा प्रयोग गर्न सक्ने कम्पनीले दाबी गरेको छ।

प्रयोगकर्ताहरूले डिएफजी केवल दराजको एन्ड्रोइड एपमा खेल्न सक्दछन्।

खेल्न र जित्न, प्रयोगकर्ताहरूले तल दिए अनुसार गर्नुपर्नेछ-
१। दराज एप डाउनलोड गर्नुहोस् अनि खोल्नुहोस्
२। दराज अकाउन्ट खोल्नुहोस र लगईन गर्नुहोस्
३। होमपेजमा डिएफजी को आइकनमा ट्याप गर्नुहोस्
४। खेल खेल्न र अंकहरू जित्नको लागि कुनै पनि गेम चयन गर्नुहोस्।

‘हाम्रो मुख्य उद्देश्य भनेको दराज प्रयोगकर्ताहरूलाई सबैभन्दा आकर्षक र रमाईलो विश्व चर्चित गेमहरू प्रदान गर्नु हो। डिजिटल मनोरन्जन को लागि अहिले उच्च माग छ, र हामी दराज प्रयोगकर्ताहरु माझ यसको सजिलो पहुँच बनाउन चाहन्छौं,’ दराज नेपालका ट्राफिक अपरेशन प्रमुख विद्या प्रधानले भने।

पेटीएम फस्ट गेम्सका चीफ अपरेटिंग अफिसर सुधांशु गुप्ताले भने, ‘मोबाइल गेमरहरु बीच सबैभन्दा आकर्षक र नवीन अनुभवहरू ल्याउने हाम्रो लक्ष्य हो। मोबाइल गेमिंगको दक्षिण एशियाई क्षेत्रमा बृद्धि भइरहेको छ र हामी यसको विकास गर्न चाहने एउटै मिसन भएकाहरुसँग साझेदारी गर्ने प्रयास गरिरहेका छौँ। हामी दक्षिण एसियामा विश्वस्तरीय गेमिंग अनुभव सुरू गर्न दराजसँग साझेदारी गर्न पाउँदा रोमाञ्चित छौं।’

हाल गेमरहरूले दराज फस्ट गेम्समा १९ वटा गेमहरु खेल्न सक्नेछन्, जसमा लुडो, निन्जा डुअल, बाइक रेसिंग र अन्य धेरै समावेश छन्। दराजले आगामी दिनहरूमा अझै धेरै गेमहरु थप्ने जनाएको छ ।

प्रकाशित: २३ जेष्ठ २०७७, शुक्रबार

Comments are closed.

Loading...