माइक्रोसफ्टद्धारा विन्डोज १० को अपडेटमार्फत एज ब्राउजरको अपडेट जारी

Technology Khabar २३ जेष्ठ २०७७, शुक्रबार

Global IME Bank

काठमाडौं ।

माइक्रोसफ्टले हालै आफ्नो क्रोमियममा आधारित एज ब्राउजरको अपडेट विन्डोज १० को अपडेटका साथमा लन्च गरेको छ ।

लामो परीक्षण चरण र लामो अवधि पछि नयाँ माइक्रोसफ्ट एज ब्राउजर केवल म्यानुअली डाउनलोड गर्न सकिने थियो । तर अब भने विन्डोज अपडेट मार्फत नयाँ माइक्रोसफ्ट ब्राउजरको स्वचालित रोलआउट पाउन सकिने भएको छ ।

नयाँ क्रोमियमआधारित एजले पुरानो यूडब्लूपीमा आधारित ब्राउजरलाई प्रतिस्थापन गर्दछ। यद्यपि सबै प्रयोगकर्ताहरूले नयाँ ब्राउजर देख्दैनन्।

याँ ब्राउजर सबै विन्डोज १० संस्करणको लागि १८०३ भर्सनबाट रोल आउट गरिनेछ। यसको अपडेट पाउनका लागि प्रयोगकर्ताले केहि पनि गर्नुपर्दैन, अपडेट स्वचालित रूपमा आउनेछ ।

नयाँ ब्राउजरले पुरानो एजलाई प्रतिस्थापन गर्नेछ। डेस्कटपमा सर्टकटहरू र स्टार्ट मेनू नयाँ एजद्वारा प्रतिस्थापित हुनेछ। यसको अर्थ प्रयोगकर्ताको रूपमा तपाईले आफैं केही गर्नुपर्दैन।

नयाँ माइक्रोसफ्ट एज ब्राउजर क्रोमियम इञ्जिनमा आधारित छ । यसले उत्कृष्ट प्रदर्शन र यूडब्लुपी एज ब्राउजरको धेरै सुविधाहरू प्रदान गर्नेछ ।

गूगलको ब्राउजर क्रोमको बजार हिस्सा ६९.८१ प्रतिशत छ भने एजको बजार हिस्सा ७.८६ प्रतिशत छ । तेस्रो स्थानमा रहँदै फायरफक्सको सेयर ७.२३ प्रतिशत रहेको छ । एजेन्सीका साथ

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २३ जेष्ठ २०७७, शुक्रबार