अमेरिकामा हालै भईरहेको प्रदर्शनमा लुटिएका आईफोनहरु ट्र्याक गर्दै एप्पल

Technology Khabar २३ जेष्ठ २०७७, शुक्रबार

अमेरिकामा हालै भईरहेको प्रदर्शनमा लुटिएका आईफोनहरु ट्र्याक गर्दै एप्पल

काठमाडौं ।

अमेरिकामा हाल जारी प्रदर्शनको समयमा एप्पल स्टोरहरू लुटिँदा चोरी भएका आईफोनहरूलाई कम्पनीले ट्र्याक गरेर त्यसलाई प्रयोग गर्न नसक्ने बनाईदिएकाे छ ।

कम्पनीले ती डिभाइसहरुको डिस्प्लेमा त्यसबारेमा मेसेज दिँदै स्थानीय अधिकारीहरूलाई सूचित गरिएको उल्लेख गरेको छ ।

हाल जर्ज फ्लोइडको मृत्युको विरोधमा भएका आक्रमणहरुका बिचमा  एप्पलले आफ्ना केहि स्टोरहरुलाई अस्थायी रूपमा बन्द गरेको छ।

कम्पनीले  दिएको चेतावनी संदेशको इमेज सोशल मीडियाहरुमा साझा गरीएको छ।

एप्पलले भने सुरक्षा मामिलामा आफूले टिप्पणी नगर्ने बताएको छ।

तर कम्पनीले चोरी भएका आईफोनहरूको लोकेसन प्रहरी फोर्सलाई जानकारी दिएको छ की छैन भन्ने स्पष्ट छैन् ।

लामो समयदेखि यो हल्ला भईरहेको छ कि एप्पल स्टोरहरूमा प्रदर्शनमा राखिएका उपकरणहरूमा सफ्टवेयर इन्स्टल गरिएको छ र यदि तिनीहरू चोरी भएमा ट्र्याक गर्न सकिन्छ। सामाजिक संजालमा आएका तस्वीरहरुले पनि त्यसलाई  सुनिश्चित गरेका छन् ।

ग्राहकले खरीद गरिएका उपकरणहरूमा भने त्यस्तो सफ्टवेयर हुँदैन् तर यदि ति डिभाइस पछि चोरी भए वा हराएको खण्डमा एप्पलले डिभासइहरूलाई टाढाबाटै लक गर्न सक्दछ । बिबिसीबाट

easy care

प्रकाशित: २३ जेष्ठ २०७७, शुक्रबार

ताजा समाचार