हीरो इलेक्ट्रिकलाई होन्डा स्कूटरको प्रतिलिपि चोरेको आरोपमा मुद्धा

Technology Khabar २२ जेष्ठ २०७७, बिहीबार

हीरो इलेक्ट्रिकलाई होन्डा स्कूटरको प्रतिलिपि चोरेको आरोपमा मुद्धा

काठमाडौं ।

होण्डाले हीरो इलेक्ट्रिकलाई डिजाइनको प्रतिलिपि चोरेको आरोपमा मुद्दा हालेको छ। कम्पनीले आरोप लगाए अनुसार हीरो इलेक्ट्रिकको ड्यास ई-स्कूटरको डिजाईन होन्डाको स्कूटरको प्रतिलिपि हो।

हीरो ड्यास ड्यास स्कूटरको निर्माण, बिक्री र विज्ञापनमा प्रतिबन्ध लगाउन होन्डाले दिल्ली उच्च अदालतमा हालै अपील दायर गरेको छ।

होण्डाले आफ्नो याचिकामा हीरो इलेक्ट्रिकको बिरूद्ध अन्तरिम आदेश जारी गर्न माग गरेको छ। कम्पनीको आरोप छ कि- हीरो इलेक्ट्रिकले होण्डाको मूभ(Moove) इलेक्ट्रिक स्कूटरको रियर कभर, अगाडिको र पछिल्लो बत्तीको डिजाइन नक्कल गरेको छ, जुन दर्ता गरिएको डिजाइनको उल्लंघनको मामला हो।

हीरो इलेक्ट्रिकले गत बर्ष ६२ हजार भारुको प्रारम्भिक मूल्यमा ड्यास इलेक्ट्रिक स्कूटर लन्च गरेको थियो ।

तर होण्डाको मुभ स्कूटर हाल भारतमा उपलब्ध छैन।

हीरो इलेक्ट्रिक र हीरो मोटो कर्प फरक कम्पनी

हीरो इलेक्ट्रिक नवीन मुंजालको स्वामित्वमा छ। नवीन हीरो मोटोकर्पको मुन्जल परिवारका आफन्त हुन्। यद्यपि दुई कम्पनीहरू (हीरो इलेक्ट्रिक र हीरो मोटो कर्प) को कुनै व्यापारिक सम्बन्ध छैन्। हीरो मोटो कर्प संख्याको आधारमा विश्वको सबैभन्दा ठूलो दुईपाँग्रे सवारी साधन निर्माता हो ।

भारतीय रिपोर्टहरुका अनुसार दिल्ली उच्च अदालतले मे २२ मा हीरो इलेक्ट्रिकलाई उक्त आरोपको जवाफ दिन भनेको थियो । उक्त केसको सुनुवाइ ११ जुनमा हुने बताईएको छ।

यो मुद्धा यस्तो समयमा आएको छ जब होन्डाको स्थानीय सहायक कम्पनी होन्डा मोटरसाइकिल्स र स्कूटर इंडियाले भारतीय बजारमा आफ्ना इलेक्ट्रिक स्कूटरहरू ल्याउने सम्भावना बारे विचार गर्दैछ। एजेन्सीका साथ

easy care

प्रकाशित: २२ जेष्ठ २०७७, बिहीबार