सेवा प्रदायकहरुले टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर असार ७ गतेसम्म बुझाए हुने

Technology Khabar २१ जेष्ठ २०७७, बुधबार

सेवा प्रदायकहरुले टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर असार ७ गतेसम्म बुझाए हुने

काठमाडौं ।

लकडाउनकै बीचमा सरकारले जेठ २५ गतेभित्र कर तिर्न सूचना जारी गरेपछि भएको चौतर्फी विरोधका बिच सरकारले कर असुल गर्ने म्याद केहि दिन थप गरेको छ।

बुधबार अर्थमन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग भएको छलफलपछि सरकारले कर तिर्ने म्याद बढाएको हो। आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै करको विवरण बुझाउने म्याद असार ७ गतेसम्म र रकम दाखिला गर्ने समय असार १५ सम्म कायम गरेको हो।

यसअघि विभागले बक्यौता कर जेठ २५ सम्म बुझाउन सूचना जारी गरेको थियो । तर सरकारले नै लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो ।

समय थपसँगै जारी सूचनाअनुसार दूरसञ्चार सेवा प्रदायकहरुले टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर समेत सोहि अबधि भित्र सरकारलाई बुझाए हुने भएको छ ।

आर्थिक ऐन २०७६ अनुसारकाे फागुन चैत र बैशाख महिनाको टेलिफोन स्वामित्व शुल्क तथा २०७६ फागुन चैत र बैशाख महिनाकै दूरसंचार सेवा दस्तुर समेत असार ७ गतेभित्र दाखिला गर्नुपर्नेछ ।

टेलिफोन स्वामित्व शुल्क ल्याण्डलाइनसहित माेबाइलको सिम तथा रिचार्ज कार्डमा लाग्दै आएको छ जून टेलिकम कम्पनीहरुले ग्राहकहरुबाट उठाएर सरकारलाई बुझाउँदै आएका छन् ।

दूरसंचार सेवा दस्तुर भने मोबाइलको भ्वाइस र इन्टरनेट सेवा तथा अन्य इन्टरनेट सेवा प्रदायकहरुले दिने सेवाहरुमध्ये इन्टरनेट सेवा ल्याण्डलाइन लगायतका सेवाहरुमा सरकारले लिँदै आएकोछ ।

Global Bank
easy care

प्रकाशित: २१ जेष्ठ २०७७, बुधबार

ताजा समाचार