एप्पलको आईओएस १३ भएका सबै डिभाइसमा आईओएस १४ अपडेट आउने

Technology Khabar २१ जेष्ठ २०७७, बुधबार

एप्पलको आईओएस १३ भएका सबै डिभाइसमा आईओएस १४ अपडेट आउने

काठमाडौं ।

टेक कम्पनी एप्पलले सम्भवतः यो महिना हामीलाई नयाँ आईओएस देखाउनेछ ।कम्पनीले डेभलपर कन्फ्रेन्स डब्ल्यूडब्ल्यूडीसी यहि जून २२ का लागि तालिका बनाइएको छ र हामी आईओएस १४ को पनि आशा गरिरहेका छौं।

आईओएस १४ को एक आन्तरिक संस्करण वेबमा केही हप्तादेखि चलिरहेको छ, तर आईओएस १४ सार्वजनिकरुपमा आउनका लागि भने अझै कुनुपर्ने छ।

यहि बिचमा सबै एप्पल डिभाइस प्रयोगकर्ताहरुका लागि खुशीको नयाँ खबर आएको छ ।

हालै आएका रिपोर्टहरुकाअनुसार आईओएस १४ एप्पलको प्रत्येक डिभाइसहरुमा उपलब्ध गराईने छ जसमा आईओएस १३ हाल चलिरहेको छ । यो विषय गएको जनवरीदेखि नै चर्चामा थियो ।

एप्पलले आईफोनलाई सामान्यतया चार बर्षको लागि सपोर्ट गर्दछ, तर कहिलेकाँही यो ५ बर्ष पनि हुन्छ। उदाहरणका लागी, आईओएस १२ को सपोर्ट आईओएस ११ भएका सबै आईओएस डिभाइसहरुमा उपलब्ध गराईएको थियो ।

कम्पनीले अहिले आईओएस १४ का साथमा नयाँ फीचरहरु ल्याउने  भन्दापनि आफ्नो  सफ्टवेयर र डिभाइसहरुमा स्थिरता ल्याउने प्रयास गर्नेछ । त्यसैले यसमा धेरै फंगसनहरु नहुने अनुमान गरिएको छ ।

यसको मतलब यो हो कि पुरानो आईफोन एसई र आईफोन ६एस ले यस वर्ष अन्तिम अपडेट प्राप्त गर्न सक्दछन् । एप्पलले पक्कै पनि अहिलेसम्म यसको पुष्टि गरेको छैन, त्यसैले जून २२ मा हुने डब्ल्यूडब्ल्यूडीसीसम्म कुर्नुपर्नेछ ।

यो प्रभावकारी हुनेछ कि २०१६ को आईफोन ६एसले अझै प्रमुख अपडेटहरू प्राप्त गर्नेछ ।यसका साथै आईफोन एसईले पनि सोहि सुबिधा पाउनेछ, जसको भर्खरै एक लामो प्रतीक्षित सक्सेसर लन्च भएको थियो । यो अपडेट दुबै फोनहरूको लागि अन्तिम हो, र तिनीहरूले आईओएस १५ को अपडेट पाउनेछैनन् ।

गएको फरवरीमा नै ह्याकरहरुले एप्पलको नयाँ आईओएस १४ को पहिलो भर्सन हात पारेका थिए । यो कसरी लीक भयो भन्ने अझै जानकारी छैन् । तर आईओएस १४ राखिएको आईफोन ११ को अबैध बिक्रीका साथमा सो लीक भएको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

यी डिभाइसहरुमा आउनेछ आईओएस १४ को अपडेट-

  • आईफोन एसई
  • आईफोन ६ एसप्लस
  • आईफोन ६ प्लस
  • आईफोन ७
  • आईफोन ७ प्लस
  • आईफोन ८
  • आईफोन ८ प्लस
  • आईफोन एक्स
  • आईफोन एक्सआर
  • आईफोन एक्सएस म्याक्स
  • आईफोन एक्सएस
  • आईफोन ११ प्रो म्याक्स
  • आईफोन ११ प्रो
  • आईफोन ११
  • आईफोन एसई(२०२०)
  • आईपड टच (सेभेन्थ जेनेरेशन)
Global Bank
easy care

प्रकाशित: २१ जेष्ठ २०७७, बुधबार