विवादपछि ५० लाख डाउनलोड भएको ‘रिमुभ चाइना एप्स’ गूगलले प्ले स्टोरबाट हटायो

Technology Khabar २१ जेष्ठ २०७७, बुधबार

विवादपछि ५० लाख डाउनलोड भएको ‘रिमुभ चाइना एप्स’ गूगलले प्ले स्टोरबाट हटायो

काठमाडौं ।

भारतमा चिनियाँ विरोधी भावनाको प्रतिक बनेको एप ‘रिमुभ चाइना एप्स’लाई गूगलले प्ले स्टोरबाट हटाईदिएको छ। गूगलले यसलाई हटाएसँगै भारतमा गूगलमा यसको विरोध भएको छ।

पछिल्लो दिनमा यो रिमुभ चाइना एप्स (Remove China Apps) भारतमा निकै लोकप्रिय भईरहेको थियो।

यसको लोकप्रियता यसबाट पनि अनुमान गर्न सकिन्छ कि चर्चामा आएको केहि हप्तामा नै ५० लाख भन्दा बढी पटक डाउनलोड गरिसकेको थियो । एपले १.८९ लाख रिभ्यू र ४.९ रेटिङ्ग स्टार प्राप्त गरेको थियो।

भारतमा चीन विरोधी भावनालाई समर्थन गर्दै ल्याईएको सो एपले चिनियाँ एप्सहरुलाई पहिचान गर्ने र हटाउन सहयोग गरिरहेको थियो ।

यो दावी गरिएको छ कि यसले कथितरुपमा चिनियाँ एपहरु टिकटक र यूसी ब्राउजरलाई समेत मेटाउन सक्दछ।

यद्यपि वन टच एप बनाउने कम्पनीले भने शैक्षिक उद्देश्यका लागि यस्तो एप बनाईएको बताएका थिए। उनीहरुले  यसलाई व्यावसायिक उद्देश्यका लागि प्रयोग गर्न नचाहेको बताएका थिए ।

यसको बाबजुद गूगलले यसलाई प्ले स्टोरबाट चीन हटाउने एप हटाउने बारेमा बताको छैन्।  प्ले स्टोरबाट एप डाउनलोड गर्ने विकल्प किन लगियो भनेर उनले खुलासा गरेका छैन भने यो फेरि प्ले स्टोरमा उपलब्ध हुनेछ वा छैन भनेर स्पष्ट गरेका छैनन्।

भारतको जयपुरस्थित कम्पनी ‘वन टच  एप ल्याब्स’ ले गूगलले आफ्नो प्ले स्टोरबाट यसलाई निलम्बित गरेको स्वीकार गरेको छ।

उता चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भने चीन विरोधी गतिबिधीले चीन र भारतबिच थप समस्या ल्याउन सक्ने बताएको थियो । रिपोर्टमा चिनियाँ एपहरु हटाउनेले चिनियाँ स्मार्टफोनहरु समेत फाल्न सक्नुपर्ने बताईएको थियो । भारतमा प्रमुख बजार हिस्सा चिनियाँ स्मार्टफोनहरुको रहँदै आएको छ । एजेन्सीका साथ

Sajilo Visa

प्रकाशित: २१ जेष्ठ २०७७, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार