फोर्डको इलेक्ट्रिक भेहिकलमा चिनियाँ कम्पनी बिवाईडीको ब्याट्री प्रयोग हुने

Technology Khabar २० जेष्ठ २०७७, मंगलवार

फोर्डको इलेक्ट्रिक भेहिकलमा चिनियाँ कम्पनी बिवाईडीको ब्याट्री प्रयोग हुने

काठमाडौं ।

चिनियाँ इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी बिवाईडी कम्पनी लिमिटेडले अमेरिकी अटो निर्माता कम्पनी फोर्डका लागि ब्याट्रीहरु उपलब्ध गराउने भएको छ ।

बिवाईडीले अमेरिकी कम्पनी फोर्ड मोटर कम्पनीलाई इलेक्ट्रिक भेहिकलका लागि आवश्यक पर्ने ब्याट्री आपूर्ति गर्ने भएको हो ।

फोर्डको चीनको भेन्चर चाङ्गान अटोमोबाइलसँग रहेको छ । जसले बिवाईडीको ब्याट्रीहरुका साथमा हाईब्रीड मोडलको प्लग इन गाडिहरु बनाउन सरकारसँग अनुमति खोजिरहेको रोयटर्सले उल्लेख गरेको छ ।

ग्लोबल अटोमेकरका लागि भएको डिलका साथमा यसले पाहिलो पटक बिवाईडीलाई ईभी ब्याट्री आपूर्तिकर्ताको रुपमा पहिचान दिलाएको छ ।

चीनको सेनझेनमा आधारित बिवाईडीले अमेरिकी कम्पनीलाई ब्याट्रीहरु र पावर म्यानेजमेन्ट डिभाइसहरुका सहित ईभी कम्पोनेन्टहरु उपलब्ध गराउने बताएको छ । बिवाईडीमा अमेरिकी लगानीकर्ता वारेन बफेटको समेत लगानी रहेको छ ।

Global Bank
easy care

प्रकाशित: २० जेष्ठ २०७७, मंगलवार

ताजा समाचार