रंगभेदको विरोधमा ट्विटरले निलो लोगो हटाएर कालो बनायो, कभर कलर पनि कालो

Technology Khabar २० जेष्ठ २०७७, मंगलवार

रंगभेदको विरोधमा ट्विटरले निलो लोगो हटाएर कालो बनायो, कभर कलर पनि कालो

काठमाडौं ।

माइक्रो ब्लगिङ्ग साइट ट्विटरले आफ्नो प्रोफाइलबाट निलो रंगको लोगो हटाएको छ र यसलाई कालो बनाएको छ।

यसका साथै ट्विटरले आफ्नो कभर कलर पनि कालो बनाएको छ।

यो मात्र होईन, ट्विटरले आफ्नो बायोमा #BlackLivesMatter (ब्ल्याकलाइभ्सम्याटर) ह्याशट्यागको उपयोग गरेको छ।

वास्तवमा, पछिल्लो छ दिन देखि अमेरिकामा हिंसात्मक आन्दोलन भइरहेको छ। एक श्वेत प्रहरीले अश्वेत मानिस जर्ज फ्लोयडलाई पक्राउको क्रममा यातना दिएको थियो भने पछि उनको मृत्यु भयो।

हालसम्म हिंसात्मक प्रदर्शनमा कम्तिमा ५ जना व्यक्तिको मृत्यु भइसकेको छ, हजारौंलाई पक्राउ गरिएको छ र करीव ४० शहरमा कर्फ्यू लगाइएको छ जबकि राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको बंकरमा शरण लिनुपरेको थियो।

मिनेसोटाको मिनियापोलिसबाट शुरु भएको आन्दोलन पछि लस एन्जलस, शिकागो, न्ययोर्क, ह्युस्टन, फिलाडेल्फिया र वाशिंगटन डीसी लगायतका प्रमुख शहरहरूसहित देशभर फैलिएको छ । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: २० जेष्ठ २०७७, मंगलवार

ताजा समाचार