एप्पलले आईफोनलाई सुस्त बनाएको आरोपमा इटालीमा १ करोड यूरो जरिवाना तिर्नुपर्ने

Technology Khabar १९ जेष्ठ २०७७, सोमबार

एप्पलले आईफोनलाई सुस्त बनाएको आरोपमा इटालीमा १ करोड यूरो जरिवाना तिर्नुपर्ने
Classic Tech

अमेरिकी टेक कम्पनी एप्पलले इटालीमा १ करोड यूरो जरिवाना तिर्नुपर्ने भएको छ । कम्पनीले आईफोनको कार्यक्षमताको बारेमा झुटो जानकारी दिएको भन्दै सो जरिवाना तिराईने भएको हो ।

इटालीको नियमनकारी निकायले आफ्ना डिभाइसहरुलाई सुस्त बनाएको आरोपमा सो जरिवाना गराउने निर्णयसहित अदातलमा मुद्धा दायर गरेको थियो ।

यसअघि सन् २०१८ देखि नै एप्पलले आईफोनलाई सुस्त बनाएको आरोप लाग्दै आएको थियो । एप्पलले भने ब्याट्री क्षमतालाई ध्यानमा राखेर त्यसको कार्यक्षमता घटाईएको बताउँदै आएको छ ।

यहि विषयमा इटालीमा अदालतले एप्पलले सो बारेमा आफ्नो भनाई राखेपनि क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरिएको हो ।

सो निर्णयमा भनिएकोछ एप्पलले सन् २०१७ डिसेम्बरसम्म आईफोनहरुको ब्याट्रीको बारेमा पर्याप्त जानकारी नदिएको र लुकाएको स्पष्ट भएको छ ।

जून उपभोक्ता कोडको आर्टिकल २२ को विरुद्ध गरिएको गलत व्यवसायिक कार्य भएको ठहर गरिएको छ ।

एप्पलले तिर्नुपर्ने १० मिलियन यूरो दुई भागमा रहेको छ । पहिलो खण्डमा ५ मिलियन यूरो यसअघि सामसम्गलाई लगाईएको जरिवाना जस्तै रहेको छ भने अर्को ५ मिलियन यूरो ग्राहकहरुलाई आईफोन ब्याट्रीको बारेमा सहि रुपमा कसरी मर्मत र अर्को राख्ने भन्ने बारेमा जानकारी नदिएको आरोपमा लगाईएको छ ।

यसका साथै एप्पलले निर्णय प्रकृयामा लागेको करिब ७ हजार यूरो समेत भुक्तानी गर्नुपर्नेछ ।

आईफोनलाई सुस्त बनाएको आरोप लागेपछि कम्पनीले विश्वभर २९ डलरमा ब्याट्री फेर्ने सुबिधा ल्याएको थियो । एजेन्सी

प्रकाशित: १९ जेष्ठ २०७७, सोमबार

Comments are closed.

Loading...