भिडियो कन्फरेन्सिङ्ग प्लेटफर्म जूमले सशुल्क एकाउन्टको लागि ससक्त एनक्रिप्सन ल्याउने

Technology Khabar १८ जेष्ठ २०७७, आईतवार

भिडियो कन्फरेन्सिङ्ग प्लेटफर्म जूमले सशुल्क एकाउन्टको लागि ससक्त एनक्रिप्सन ल्याउने

काठमाडौं ।

भिडियो कन्फरेन्सिङ्ग प्लेटफर्म जूमले आफ्ना रकम तिर्ने सेवाग्राहीहरुका लागि ससक्त एनक्रिप्सन लागु गर्ने भएको छ ।

कम्पनीले शुल्क तिरेर सेवा प्रयोग गर्ने ग्राहकहरुको भिडियो कलका लागि यस्तो सेवा दिने भएपनि अन्य एकाउन्टहरुको सुरक्षालाई सुधार्ने योजना भने छैन् ।

कम्पनीका सेक्यूरिटी कन्सल्ट्यान्टले बताएअनुसार गैरनाफामुलक प्रयोगकर्ताहरुकालागि अधिक सुरक्षित कल बनाउनका लागि काम गर्छ वा गर्दैन भन्ने स्पष्ट नभएको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।

जूमको इण्ड टू इण्ड एनक्रिप्सनमा अझै काम भईरहेको छ, तर कुन ग्राहकहरुका लागि लागू गर्ने भन्ने अझै छलफलमा नै रहेको उनले बताए ।

कोरोनाभाइरसको महामारीको अवधिमा भिडियो कन्फरेन्सिङ्ग प्लेटफर्म निकै उच्च प्रयोग हुने मध्येमा पर्दछ ।

तर यसमा भईरहेको सुरक्षा कमजोरीले जूमबम्बिङ्गको घट्ना पनि निरन्तर बढिरहेका छन् । जहाँ आमन्त्रण नगरिएका मानिसहरुले भिडियो कललाई अबरोध गर्ने प्रयास गर्दछन् ।

easy care

प्रकाशित: १८ जेष्ठ २०७७, आईतवार