आर्टिफिसियल इन्टेलिजेन्सले पत्रकारको जागिर खोस्यो, माइक्रोसफ्टमा रोबोटद्धारा समाचार सम्पादन

Technology Khabar १८ जेष्ठ २०७७, आईतवार

आर्टिफिसियल इन्टेलिजेन्सले पत्रकारको जागिर खोस्यो, माइक्रोसफ्टमा रोबोटद्धारा समाचार सम्पादन

काठमाडौं ।

माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरमार्फत काम गर्ने निर्णय गरेपछि दर्जनौं पत्रकारहरू बर्खास्त गरेको छ।

माइक्रोसफ्टको एमएसएन वेबसाइट र यसको एज ब्राउजरको न्यूज होम पेज चलाइरहेका स्टाफलाई निकालिएको हो ।

उनीहरूको काम अबदेखि रोबोटहरुले पूरा गर्ने भएपछि उनीहरूको आवश्यकता नपर्ने भनिएको गार्जियनको रिपोर्टमा उल्लेख छ ।

विश्वभर करोडौं मानिसहरुले माइक्रोसफ्ट एमएसएनमार्फत समाचारहरू पढ्ने गर्दछन् ।

माइक्रोसफ्टले आफ्नो होमपेजहरुका लागि मानिसद्धारा गरिने छनौट, एडिट र समाचार मिलाउने कार्यलाई रोक्ने निर्णय गरेपछि पिए मिडियाद्धारा राखिएका करिब २७ पत्रकारहरुले आगामी १ महिनामा उनीहरुले जागिर गुमाउने बताएका थिए ।

कम्पनीले मानिसले गर्दै आएका समाचारका सबै कार्यहरु अब आर्टिफिसियल इन्टेलिजेन्सद्धारा गराउने निर्णय लिएको थियो । जसमा माइक्रोसफ्टले पिए मिडियासँगको सम्झौता समाप्त गर्ने निर्णय गरेसँग पत्रकारहरु समेत निकालिएका हुन् ।

माइक्रोसफ्टको साइटमा काम गर्ने टिमले नयाँ स्टोरीहरुमा रिपोर्टिङ्ग गर्दैनन् । तर उनीहरुले सम्पादकिय नियन्त्रण, अर्को कम्पनीहरुको समाचारहरुलाई छनौट गर्ने का मगर्दछन्। साथै फम्र्याटमा मिलाउनका लागि उनीहरुले सम्पादकिय विषयवस्तु तथा हेडलाइटको पनि सम्पादन गर्दछन् ।

सो समूहमा काम गरिरहेका एक पत्रकारले भने, ‘मैले आफ्नो सारा समय पढ्नका लागि लगाए र आज कसरी अटोमेशन तथा एआईले हाम्रो जागिर लगिरहेको छ । र आज म यहाँ छु, एआईले मेरो जागिरपनि खोसेको छ ।’
उनले मानिसको स्थानमा सफ्टवेयरलाई जिम्मा दिनु जोखिमयुक्त हुने बताए । किनकी हालका कर्मचारीहरुले सम्पादनको कडा गाइडलाइनलाई पालना गर्दछन् ।

easy care

प्रकाशित: १८ जेष्ठ २०७७, आईतवार