Technology Khabar १७ जेष्ठ २०७७, शनिबार
गूगलले एन्ड्रोयड अपरेटिङ्ग सिस्टमको प्राइभेसी र सेक्यूरिटीमा सुधार गर्न धेरै काम गरिरहेको छ । कम्पनीले गरेको यी प्रयासहरुका बाबजुद पनि गूगल प्ले स्टोरमा विभिन्न मालवेयर र स्पाईवेयर एप्स देखिईरहेका छन् ।
हालै आएको एक रिपोर्टअनुसार गूगल प्ले स्टोरमा भएको एक चिनियाँ एपले करोडौं मोबाइल फोनहरुलाई प्रभावित पारेको छ।
भिपिएनप्रोले गरेको अनुसन्धानअनुसार सो एपसँग सम्बन्धित डेभलपरले विकास गरेको विभिन्न एपहरुमा पनि मालवेयर देखिएको छ । सो एपमार्फत मालिसियल रिमोट एक्सेस ट्रोजन लुकाईएको छ, र यो एपले प्रयोगकर्ताको जासूसी गर्ने गरेकोछ । यो एप गूगलको एप स्टोरमा भेटिएको छ ।
चीनको हाङ्गझोउमा आधारित क्यूभिडियो इंकले तयार पारेको एपमा त्यस्तो जोखिम भेटिएको हो । कम्पनीले तयार पारेको लोकप्रिय भिडियो एडिटिङ्ग एप भीभाभीडियो प्ले स्टोरमा निशुल्क उपलब्ध रहेको छ । जून अहिलेसम्म १० करोड भन्दा बढि पटक डाउनलोड भईसकेको छ ।
अर्कोतर्फ भीभाभिडियो एपलाई अन्य ४० वटा चिनियाँ एप्सका साथमा भारतीय सरकारले भने मालवेयर र स्पाईवेयरको रुपमा वर्गीकरण गरेको थियो ।
यी एपहरु एन्ड्रोयडमा मात्र नभई एप्पलको आईओएसमा पनि उपलब्ध रहेका छन् । क्यूभिडियोका एप्लिकेसनहरु समेत एप्पल एप स्टोरमा उपलब्ध छन् । तर यसमा सिमिति अनुमति हुने हुँदा यसको दूरुपयोग कम भएको अनुमान गरिएको छ ।
यी एप्सहरुले प्रयोगकर्ताहरुसँग मोबाइल फोनमा भएको फोन नम्बरहरु, लोकसन, जीपीएस डाटाहरु माग्ने गर्दछन जून निकै संवेदनशिल डाटाहरु हुन् । त्यसैगरि क्यामरा, फोनको अवस्था, कल लग, अडियो रेकर्डको अनुमति लिने गर्दछन् । जसले यूजर्सको डाटाहरु चोर्ने र उनीहरुको जासूसी गर्ने गर्दछ ।
क्यूभिडियोका यी एपहरु जोखिमयुक्त भएको भेटिएको हो ।
यदि यी एप्स तपाईँको मोबाईलमा पनि छन भने तत्काल चेक गर्नुहोस र त्यसलाई सिमित गर्नुहोस् र आफ्नो मोबाइल फोनबाट हुने डाटा चोरी तथा ह्याकिगबाट बच्नुहोस् ।
प्रकाशित: १७ जेष्ठ २०७७, शनिबार