सोनीले प्लेस्टेशन ५ मा खेल्न सकिने गेमहरु आगामी जून ४ तारिखमा घोषणा गर्ने

Technology Khabar १७ जेष्ठ २०७७, शनिबार

सोनीले प्लेस्टेशन ५ मा खेल्न सकिने गेमहरु आगामी जून ४ तारिखमा घोषणा गर्ने

सोनीले आफ्नो नयाँ गेम कन्सोल प्लेस्टेशन ५ र त्यसमा खेल्न सकिने गेमहरु देखाउने घोषणा गरेको छ । यसअघि विभिन्न चरणमा कम्पनीले आफ्नो नयाँ गेम कन्सेलको बारेमा जानकारीहरु सार्वजनिक गर्दै आएको थियो ।

पहिलो कम्पनीले प्लेस्टेशन ५ (PlayStation 5)आउने घोषणा गरेको थियो भने त्यसपछि कम्पनीले कन्ट्रोलरहरुको बारेमा जानकारी देखाएको थियो ।

तर अहिले भने कम्पनीले पूर्णरुपमा नै आफ्नो गेम कन्सोल प्लेस्टेशन ५ अनलाइनबाट सार्वजनिक गर्न लागेको हो ।

सोनी इन्टर्याक्टिभका सिईओ जिम रायनले हालै एक ब्लगपोस्टममा आगामी जून ४ तारिखमा आयोजना हुने लाइ स्ट्रिमको बारेमा जानकारी दिएका छन् ।

‘हामीले तपाईँलाई प्राविधिक विशेषताहरु शेयर गर्यौं, र नयाँ ड्यूलसेन्स वायरलेस कन्ट्रोलरपनि देखायौं । तर गेम बिनाको लन्च के काम ? त्यसैले म प्लेस्टेशन ५ मा खेलिने गेमहरुको पहिलो झलक देखाउने बारेमा भन्दा उत्साहित छु,’ उनले भने ।

यसअघि नै एपिक गेम्सले प्लेस्टेशन ५ मा खेल्न सकिने गेम अनरियल इन्जिनको बारेमा जानकारी दिईसकेको छ । एजेन्सीका साथ

TK Viber

प्रकाशित: १७ जेष्ठ २०७७, शनिबार

Loading...