Technology Khabar १६ जेष्ठ २०७७, शुक्रबार
दूरसंचार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कोभिड-१९ को महामारीको समयमा आफूले गरेका कार्यहरुको बारेमा जानकारी दिएको छ ।
प्राधिकरणले आज सार्वजनिक प्रेस विज्ञप्ति जारी गर्दै गएको चैत ११ गतेदेखि हालसम्म गरिएका नियमन, अनुगमन, निर्णय र सहजिकरण कार्यहरुको बारेमा जानकारी दिएको छ ।
प्राधिकरणले सो अवधिमा सेवाग्राहीहरु, सेवा प्रदायकहरुलाई सरकारको तर्फबाट गरिएको सहजिकरण कार्यको बारेमा बिस्तृतमा जानकारी दिएको छ ।
जसमा मोबाइल सेवामा शत प्रतिशतसम्मको बोनस, टोल फ्रि नम्बरहरु बितरण, कोभिड-१९ को बारेमा रिंगटोन र एसएमएस, इन्टरनेट सेवामा २५ प्रतिशतसम्मको छुट दिनेलगायतका निर्देशनहरु दिएको उल्लेख गरेको छ ।
सो अवधिमा दूरसञ्चार प्राधिकरणले १६ वटा मुख्य मुख्य कार्यहरु गरेको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुस् विज्ञप्ति जस्ताकोत्यस्तै-
Press-Release-20770216प्रकाशित: १६ जेष्ठ २०७७, शुक्रबार