हिंसालाई प्रबर्द्धन गरेको भन्दै ट्विटरले अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीट लुकाईदियो

Technology Khabar १६ जेष्ठ २०७७, शुक्रबार

हिंसालाई प्रबर्द्धन गरेको भन्दै ट्विटरले अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीट लुकाईदियो

काठमाडौं ।

ट्विटर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बिचमा विवाद रोकिने अवस्था देखिएको छैन् । हालैको ट्विटरको नयाँ कदमले यो झन बढने देखिएको छ ।

केहि दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटमा फ्याक्ट चेक लेबल लगाईदिएको ट्विटरले अहिले फेरी उनको ट्वीटलाई लुकाईदिएको छ।

हालै अमेरिकी राष्ट्रपति ट्रम्पले ३ घण्टा अगाडि गरेको एउटा ट्वीटले हिंसालाई प्रबर्द्धन गरेको भन्दै ट्विटरले त्यसलाई लुकाईदिएको हो । यो फिचरलाई ‘हाईड’ भनेर चिनिन्छ ।

उनले अमेरिकाको मिनियापोलिस शहरमा भएको हिँसात्मक आन्दोललाई प्रबद्र्धन गरेको भन्दै उनले गरेको ट्वीटलाई लुकाईदिएको छ ।

मिनयापोलिसमा एक अस्वेत अमेरिकी नागरिक जर्ज फ्लोयडलाई प्रहरीले पक्राउ गर्ने बेलामा अधिक यातना दिएपछि उनको मृत्यु भएको थियो जसले सो शहरमा हाल हिँसात्मक आन्दोलन भएको छ ।

सोहि हिँसात्मक आन्दोलनलाई दबाउन मिलिटरी आवश्यक परेमा समेत उपलब्ध गराउने उनले लेखेका थिए ।

अमेरिकी राष्ट्रपतिले गरेको ट्वीटलाई लुकाईनुको कारणमा कम्पनीले यसो लेखेको छ- ‘यो ट्वीटले हिंसालाई बढावा दिँदै ट्विटरको नियमहरुलाई उल्लंघन गरेको छ । ट्विटरले यो सार्वजनिक चासोको लागि यो ट्वीटलाई अझै पहुँचयोग्य बनाउने निश्चित गरेको छ ।’

यसअघि ट्विटरले आफ्नो ट्वीटमा गलत जानकारी भन्दै ‘फ्याक्ट चेक लेबल’ लगाई दिएपछि क्रुद्ध भएका उनले बिहिबार नै सोशल मिडियाको बारेमा कार्यकारी आदेश जारी गरेका थिए । एजेन्सीका साथ

easy care

प्रकाशित: १६ जेष्ठ २०७७, शुक्रबार