स्मार्ट वाचमा आगामी वर्षदेखि १५ प्रतिशत अन्तशुल्क कर, मोबाइल फोनको अन्तशुल्क पुरानै कायम

Technology Khabar १६ जेष्ठ २०७७, शुक्रबार

स्मार्ट वाचमा आगामी वर्षदेखि १५ प्रतिशत अन्तशुल्क कर, मोबाइल फोनको अन्तशुल्क पुरानै कायम
Classic Tech
Nepal Telecom

सरकारले आगामी आर्थिक वर्षदेखि स्मार्ट वाचमा अन्तशुल्क कर असुल गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले स्मार्ट घडीमा थप १५ प्रतिशत अन्तशुल्क कर लगाउने भएको हो ।

यसका साथै सरकारले मोबाइल फोनमा लाग्दै आएको अन्तशुल्कलाई समेत कायमै राखेको छ । मोबाइल फोनहरुमा २.५ प्रतिशत अन्तशुल्क लाग्नेछ ।

मोबाइल फोनहरुमा दुईवर्षअघि सरकारले ५ प्रतिशत अन्तशुल्क कर लगाएको थियो तर चालु आवको बजेमा भने त्यसलाई घटाएर २.५ प्रतिशतमा झारिएको थियो । आगामी बजेटमा पनि त्यसलाई निरन्तरता दिईएको छ ।

सरकारले पहिलो पटक स्मार्ट वाचमा अन्तशुल्क कर लिने घोषणा गरेको हो । यसअघि स्मार्ट वाचको लागि छुट्टै व्यवस्था थिएन । अबदेखि स्मार्ट वाच कारोबारमा १५ प्रतिशत अन्तशुल्क लाग्नेछ ।

यसका साथै सरकारले माेबाइल फोन प्रयोगकर्ताहरुले अत्यधिक प्रयोग गर्ने पावर बैंकमा पनि अन्तशुल्क कर तोकेको छ । सरकारले पावर बैंकमा १० प्रतिशत अन्तशुल्क लिनेछ ।

स्मार्ट  वाचमा १५ प्रतिशत अन्तशुल्क लिएपनि भन्सार शुल्क भने छुट गरिएको छ । तर पावर बैंकमा भने भन्सार शुल्क १५ प्रतिशत लिईने उल्लेख छ।

यसबाहेक सरकारले मोबाइल फोनको लागि आवश्यक पर्ने बेस स्टेशनमा लगाउँदै आएको ५ प्रतिशत अन्तशुल्कलाई भने कायमै राखेको छ ।

TK Viber

प्रकाशित: १६ जेष्ठ २०७७, शुक्रबार

Comments are closed.

Loading...