कियाको विद्युतीय गाडी निरो बुकिङ गरेमा लकडाउन खुलेलगत्तै चलाउन पाउने

Technology Khabar १५ जेष्ठ २०७७, बिहीबार

कियाको विद्युतीय गाडी निरो बुकिङ गरेमा लकडाउन खुलेलगत्तै चलाउन पाउने

नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गर्ने ग्राहकले लकडाउन खुलेलगत्तै सो एसयूभी चलाउन पाउने भएका छन् ।

नेपालका लागि कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले लकडाउन खुले लगत्तै बुकिङ गरेका ग्राहकलाई उक्त गाडी हस्तान्तरण गर्ने तयारी गरेको छ ।

उक्त गाडीको कन्साइनमेन्ट कोरियाबाट नेपालका लागि एक हप्ता अगाडि नै चलान भइसकेको छ । लकडाउन खुल्दासम्म गाडी नेपाल आइसक्ने भएकोले कम्पनीले बुकिङ गरेका ग्राहकलाई गाडी नेपाल आइपुग्नेबित्तिकै हस्तान्तरण गर्ने योजना बनाएको हो ।

एक पटकको फुल चार्जमा ४८० किलोमिटरसम्म सो एसयूभी गुड्न सक्दछ । यसमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसको १५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बिएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यो एसयूभी स्टार्ट गरेको ८ सेकेन्डभित्रै १०० किलोमिटरको गतिमा कुद्न सक्छ ।

डिसी फास्ट चार्जरबाट पूरा चार्ज गर्न ८० मिनेट लाग्ने यो गाडी भित्रिएपछि नेपाली बजारमा सर्वाधिक माइलेज दिने विद्युतीय एसयूभीमा पर्ने कम्नपीको दाबी छ । निरो सन् २०१९ को पहिलो त्रैमासबाट एसियाली बजारमा बिक्री सुरु गर्ने निर्माता कम्तीको योजना अनुरुप नेपाल आउन लागेको बताईएको छ ।

प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

Comments are closed.

Loading...