स्याटेलाइट कम्पनी स्पेसएक्स र अमेरिकी सेनाबिच ब्रोडब्याण्ड इन्टरनेट परीक्षण सम्झौता

Technology Khabar १४ जेष्ठ २०७७, बुधबार

स्याटेलाइट कम्पनी स्पेसएक्स र अमेरिकी सेनाबिच ब्रोडब्याण्ड इन्टरनेट परीक्षण सम्झौता

काठमाडौं ।

अमेरिकी स्याटेलाइट कम्पनी स्पेसएक्सले अमेरिकी आर्मीसँग आफ्नो स्याटेलाइटहरु प्रयोग गर्नदिने बारेमा नयाँ सम्झौता गरेको छ ।

कम्पनीले आफ्नो आउन लागेको स्टारलिंक स्याटेलाइटमा आधारित ब्रोडब्याण्ड नेटवर्कलाई रक्षा सेवामा प्रयोग गर्न उपयोगी हुने नहुने र त्यसले उनीहरुको आवश्यकतालाई पुरा गर्ने नगर्ने बारेमा मूल्यांक गर्न दिनेछ । यो सम्झौता आगामी ३ वर्षको लागि भएको बताईएकोछ ।

स्पेसएक्सको स्टारलिंक नेटवर्क अझैपनि विकासको चरणमा नै छ भने अमेरिका र क्यानाडाका छानिएका ग्राहकहरुका लागि लाइभ जाने क्रममा रहेको छ । कम्पनीले यसलाई लो लेटेन्सी रेटमा उपलब्ध गराउने र तिब्रगतिको इन्टरनेट कनेक्सन विश्वभर साना स्याटेलाइटहरुबाट दिने लक्ष्य लिएको छ ।

यो नेटवर्कलाई विशेषगरि भौगोलिकरुपमा कठिनरुपमा रहेको र पुग्न नसकिने तथा सेवा नपुगेका क्षेत्रहरुका ग्राहकहरुलाई सम्बोधन गर्नेगरि डिजाइन गरिएको छ । यसले अहिलेको स्याटेलाइटमा आधारित कनेक्सनहरुभन्दा राम्रो र भरपर्दो सेवा दिने अपेक्षा कम्पनीको छ ।

अमेरिकी आर्मीले यी स्याटेलाइटहरु प्रयोग गर्नका लागि आवश्यक पर्ने ग्राउण्ड स्टेशनको लागि लगानी गर्नेछ र स्पेसएक्सको नेटवर्कसँग एकिकृत गर्ने तयारी गरेको छ । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: १४ जेष्ठ २०७७, बुधबार

ताजा समाचार