लकडाउनले व्यवसायमा ठप्प भएपछि उबरले भारतमा ६ सय कर्मचारी निकाल्यो

Technology Khabar १४ जेष्ठ २०७७, बुधबार

लकडाउनले व्यवसायमा ठप्प भएपछि उबरले भारतमा ६ सय कर्मचारी निकाल्यो

काठमाडौं ।

राईड हेलिङ्ग कम्पनी उबरले भारतमा आफ्ना ६ सय कर्मचारीहरु कटौती गरेको छ । कम्पनीले विश्वभरबाट २३ प्रतिशत कर्मचारी हटाउने योजनाअनुसार भारतबाट ६ सय कर्मचारी कटौती गरेको हो ।

उबर टेक्नोलोजीज इंकले मंगलबार भारतको स्थानीय प्रतिस्पर्धी ओलासँगसँगै मागमा आएको कमीले गर्दा कटौती गरेको बताएको छ ।

अघिल्लो साता मात्र कम्पनीले आफ्नो मुख्य व्यवसाय राईड हेलिङ्ग र फुड डेलिभरीमा ध्यान दिने तथा स्टाफहरु हटाउने बताएको थियो ।

‘कोभिड-१९ को असर र पुर्नरुत्थानको प्रकृति अनपेक्षित भएको कारणले गर्दा उबर इण्डिया एसएसँग कामदारहरुको संख्या घटाउनुको कुनै विकल्प थिएन,’ उबर इण्डिया तथा दक्षिण एशियाका अध्यक्ष प्रदिप पारामेश्वरनले भने ।

हटाईएका कामदारहरुले कम्तिमा १० साताको भुक्तानी प्राप्त गर्नेछन भने आगामी ६ महिनासम्म मेडिकल बीमा र अन्य सहयोग प्राप्त गर्नेछन् ।

भारतमा सरकारले गत मार्चमा लकडाउन घोषणा गरेसँगै राईड हेलिङ्ग ट्याक्सी व्यवसाय ठप्प प्राय रहेको छ । हाल लकडाउन खुकुलो भएपनि कम्पनीहरुले अझै चुनौती भोग्नुपर्ने देखिएको छ ।

अर्को स्थानीय कम्पनी ओलाले पनि गत साता आफ्ना १ हजार ४ सय कर्मचारी कटौती गर्ने बताएको थियो । एजेन्सी

easy care

प्रकाशित: १४ जेष्ठ २०७७, बुधबार