कर्मचारी सञ्चय कोषले सुरु गर्यो अनलाइन भुक्तानी सेवा, सेवाग्राहीले विशेष सापटी सेवा प्राप्त गर्ने

Technology Khabar १४ जेष्ठ २०७७, बुधबार

कर्मचारी सञ्चय कोषले सुरु गर्यो अनलाइन भुक्तानी सेवा, सेवाग्राहीले विशेष सापटी सेवा प्राप्त गर्ने
Classic Tech

कर्मचारी सञ्चय कोषले सेवाग्राहीलाई विद्युतीय प्रणालीमार्फत विशेष सापटी सेवा उपलब्ध गराउन शुरु गरेको छ ।

कोरोना सङ्क्रमणको जोखिम फैलन नदिन सरकारले जारी राखेको लकडाउनका कारण सार्वजनिक यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै कोषले घर तथा कार्यालयमै बसेर सरल र प्रभावकारी सेवा दिने लक्ष्यका साथ उक्त योजना कार्यान्वयनमा ल्याएको हो ।

कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठका अनुसार मंगलबारदेखि दार्चुला र ललितपुरस्थिति बैंकमा रहेको सञ्चयकर्ताको खातामा रकम जम्मा गरी विशेष सापटी बापतको रकम अनलाइनमार्फत प्रदान गरेको हो ।

कोषले शुरु गरेको अनलाइन विशेष सापटी सेवालाई निरन्तरता दिने र यो सेवा लिनका लागि विशेष सापटी लिन योग्यता पुगेका व्यक्तिगत विवरण अद्यावधिकजस्ता विषय अनिवार्य रहेको जनाइएको छ ।

लकडाउनको समयमा सेवाग्राहीलाई सहज रूपमा सापटी दिन सकियोस् भन्ने ध्येयका साथ कोषले उक्त योजना सञ्चालनमा ल्याएको हो ।

प्रकाशित: १४ जेष्ठ २०७७, बुधबार

Comments are closed.

Loading...