नेपाल टेलिकम धेरै नाफा कमाउने सरकारी कम्पनी, ७ अर्ब ५४ करोड रुपैयाँ लाभांश सरकारले लग्यो

Technology Khabar १४ जेष्ठ २०७७, बुधबार

नेपाल टेलिकम धेरै नाफा कमाउने सरकारी कम्पनी, ७ अर्ब ५४ करोड रुपैयाँ लाभांश सरकारले लग्यो

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७६/७७ मा सरकारलाई निरन्तर लाभांश दिने एक मात्र कम्पनीको रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेको छ ।

मंगलबार सार्वजनिक भएको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाअनुसार चालु आवमा सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) बाट सबैभन्दा धेरै लाभांश आर्जन गरेको छ ।

समीक्षा प्रतिवेदनअनुसार सरकारलो चालु वर्षमा लाभांश आर्जन गरेका कम्पनी वा संस्थानमध्ये नेपाल टेलिकम र नेपाल आयल निगम रहेका छन् ।

जसमध्ये नेपाल टेलिकमबाट मात्रै सरकारले चालु वर्षमा ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ लाभांश प्राप्त गरेको उल्लेख छ ।

नेपाल टेलिकम सबैभन्दा धेरै आम्दानी र नाफा गर्ने सरकारी कम्पनीमा समेत पर्न सफल भएको छ । जसले चालु आवमा ९ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो वर्ष प्रशासकीय खर्च घटाउन सफल भएको कम्पनीको संचित नाफा मात्रै ४८ अर्ब ५३ करोड ३ लाख रुपैयाँ रहेकोछ ।

सरकारले सार्वजनिक संस्थानहरुमा गरेको लगानीमध्ये सबैभन्दा धेरै शेयर लगानी हुने कम्पनीमा नेपाल टेलिकम रहेको छ जहाँ कुल लगानीको ५.०५ प्रतिशत शेयर लगानी सरकारले गरेको छ । यस्तो लगानी ग्रामीण दूरसञ्चारको बिस्तार र दूरसञ्चार क्षेत्रको नवीनतम प्रविधि भित्र्याउनेलगायतका कार्यमा केन्द्रित रहेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

त्यसैगरि शेयरधनीकोष बढी हुने कम्पनीमध्ये नेपाल टेलिकमको ९१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ रहेको छ ।

टेलिकममा सरकारले १ लाख ५० हजार २ किस्ता शेयर लगानी गरेको छ भने कम्पनीले शेयरको आधारमा खुद नाफा ६५.०५ प्रतिशत आर्जन गरेको छ ।

टेलिकममा सरकारले १ लाख ५० हजार २ कित्ता शेयर लगानी गरेको छ भने कम्पनीले शेयरको आधारमा खुद नाफा ६५.०५ प्रतिशत आर्जन गरेको छ ।

सार्वजनिक प्रतिवेदनअनुसार नेपाल टेलिकममा हाल ४ हजार ५४ जना कर्मचारी कार्यरत रहेका छन भने त्यसमध्ये २ हजार २९१ जना प्राविधिक रहेका छन् ।

Global Bank
easy care

प्रकाशित: १४ जेष्ठ २०७७, बुधबार