तत्काल साइबर सेना बनाउने कार्यक्रम ल्याउन सरकारलाई सिएसआरआई नेपालको सुझाब

Technology Khabar १४ जेष्ठ २०७७, बुधबार

तत्काल साइबर सेना बनाउने कार्यक्रम ल्याउन सरकारलाई सिएसआरआई नेपालको सुझाब
Global IME Bank

काठमाडौं ।

सिएसआरआई नेपालले आगामी आर्थिक वर्षको बजेटमा साइबर सुरक्षा र सूचना प्रविधिको लागि बजेट छुट्याउन सुझाब दिएको छ ।

सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इन्नोभेसन(सिएसआरआई) नेपालले सोमबार अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना, प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अली र विकास सल्लाहकार ई, गजेन्द्र थपलियालाई साइरब सुरक्षाको बारेमा बजेटमा उल्लेख गर्न सुझाब दिएको हो ।

सिएसआरआई नेपालले डिजिटल नेपाल फ्रेमवर्क अवधारणालाई लागू गर्ने गरि नीतिहरु बनाउन भनेको छ भने सूचना प्रविधिको क्षेत्रमा सिप विकास गर्न विभिन्न किसिमका तालिम, गोष्ठि तथा सेमिनारहरु लगायत जनचेतनामुलक कार्यक्रम राख्न सुझाब दिएको छ ।

त्यसैगरि राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा सूचना प्रविधि र साइबर सूरक्षामा सहकार्य गर्नुपर्ने उल्लेख गरेको छ ।

संस्थाका महासचिव ई. शालिग्राम पराजुलीले बुझाईएको सो सुझाब पत्रमा साइबर सेनाको कल्पना गरेर कार्यक्रम लागू गर्न भनेको छ ।जसअन्तरगत हजारौं सेक्यूरिटी विज्ञहरुलाई साइबर सेनाको रुपमा तयार पार्नुपर्ने र सूचना प्रविधि तथा साइबर सुरक्षामा लगाउनुपर्ने उल्लेख छ ।

पछिल्लो दिनमा देशमा बढिरहेको साइबर अपराधलाई हेरेर तत्काल साइबर आर्मी बनाईनुपर्ने बताएको छ । त्यस्तो साइबर आर्मीले अन्य सरकारी र साइबर सुरक्षा संस्थाहरुसँग मिलेर साइबर चुनौतीहरुको विरुद्धमा तत्काल काम गर्ने अपेक्षासहित बनाईनुपर्ने बताएको छ ।

त्यस्तै अन्य सुझाबहरुमा साइबर सुरक्षाको बारेमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने, पूर्वाधार सहप्रयोग गर्ने गरि नीति बनाउने, आईओटी, क्लाउड कम्प्यूटिङ्ग, एआईलगायतका नयाँ प्रविधिहरुको विकास र प्रयोगको लागि कार्यक्रम लागू गरिनुपर्ने लगायतका विषयहरु सुझाबको रुपमा समावेश छन् ।

Sajilo Visa

प्रकाशित: १४ जेष्ठ २०७७, बुधबार

तपाइको प्रतिक्रिया