चालु आर्थिक वर्षमा ५३५ वटा सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याब स्थापना

Technology Khabar १३ जेष्ठ २०७७, मंगलवार

चालु आर्थिक वर्षमा ५३५ वटा सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याब स्थापना
सांकेतिक तस्विर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७६/७७ मा ५३५ वटा सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याब स्थापना गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार हालसम्म ५३५ विद्यालयहरुमा आईटि ल्याब स्थापना गरिसकिएको छ ।

चालु आर्थिक वर्षमा १ हजार सामुदायिक माध्यमिक विद्यालयलाई सूचना प्रविधि मैत्री बनाउन विद्यालयहरुसँग सम्झौता गरिएकोमा फागुनसम्म ५३५ सामुदायिक माध्यमिक विद्यालयहरुमा कम्प्यूटर ल्याब स्थापना गर्ने कार्य सम्पन्न भएको छ ।

आर्थिक सर्वेक्षणअनुसार सातै प्रदेशका एक एकवटा विद्यालय सूचना प्रविधि मैत्री स्मार्ट स्कूलमा रुपान्तरण भएको उल्लेख छ ।

नेपाल दूरसंचार प्राधिकरणको लगानीमा देशभरका विद्यालयहरुमा कम्प्यूटर ल्याब स्थापना गर्ने कार्य भईरहेको छ ।

easy care

प्रकाशित: १३ जेष्ठ २०७७, मंगलवार

ताजा समाचार