कोभिड-१९ महामारी बिचमै फेसबुकका सिईओ मार्क जूकरबर्गको सम्पत्ति ३० अर्ब डलर बढ्यो

Technology Khabar १३ जेष्ठ २०७७, मंगलवार

कोभिड-१९ महामारी बिचमै फेसबुकका सिईओ मार्क जूकरबर्गको सम्पत्ति ३० अर्ब डलर बढ्यो

काठमाडौं ।

कोरोना कालको अवस्थामा विश्वभर अर्थव्यवस्थामा भारी गिरावट आएको छ हरेक देशको अर्थतन्त्र संकटमा छ । तर यहि संकटका बिचमा फेसबुकका फाउन्डर मार्क जूकरबर्ग विश्वको तेस्रो धनी व्यक्ति भएका छन् । उनी अब वारेन बफेट भन्दापनि अगाडि गएका छन र बफेटलाई पछाडि छोडेका छन् ।

पछिल्लो २ महिनामा मार्क जूकरबर्गको सम्पत्ति ३० अरब डलर भन्दा बढी वृद्धि भएको छ। ब्लूमबर्ग बिलियेरियन इन्डेक्सका अनुसार यस समय मार्क जूकरबर्गको कुल सम्पत्ति ८९.१ अर्ब डलर रहेको छ।

यदि इन्डेक्समा हेर्ने हो भने गत ३ महिनाको अवधिअन्तरगत गत फेब्रुअरी २२ मा मार्क जूकरबर्गको सम्पत्ति ८०.२ अर्ब डलर थियो, तर त्यो पछि मार्च महिनामा सम्पत्ति घटेर ५६.३ अर्ब डलर भएको थियो ।

तर त्यसपछिका महिनाहरुमा भने उनको सम्पत्तिमा वृद्धि हुँदै गएको थियो ।
गएको मे २२ मा जूकरबर्गको सम्पत्तिमा करीव ३१.४ अर्ब डलरको वृद्धि देखिएको छ ।

सम्पत्तिमा देखिएको वृद्धिसँगै उनी विश्वको तेस्रो धनी व्यक्ति भएका छन् । उनीभन्दा पहिलो स्थानमा जेफ बेजोस रहेका छन भने दोस्रो धनीमा बिल गेट्स छन् ।

रिपोर्टहरुकाअनुसार फेसबुकले हालै ई-कमर्श प्लेटफर्म लन्च गरेपछि कम्पनीको शेयर मूल्यमा समेत वृद्धि भएको छ ।

easy care

प्रकाशित: १३ जेष्ठ २०७७, मंगलवार