बेलायतको कम्प्युटर कोर्स ‘डिजी स्कुल’ नेपालमा उपलब्ध, १ देखि ११ कक्षासम्म घरबाटै पढ्न सकिने

Technology Khabar १२ जेष्ठ २०७७, सोमबार

बेलायतको कम्प्युटर कोर्स ‘डिजी स्कुल’ नेपालमा उपलब्ध, १ देखि ११ कक्षासम्म घरबाटै पढ्न सकिने

सफ्ट्वेरिका कलेजले विद्यालय तहका विद्यार्थीका लागि अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय र परिस्कृत कम्प्युटर कोर्स ‘डिजी स्कुल’ को नेपालमा अध्यापन सुरु गरेको छ।

सुरुमा विद्यालय केन्द्रित यो पढाइ लकडाउनले गर्दा विद्यार्थी घरमै सिमित हुनु परेकोले जुनसुकै विद्यार्थीले घरमै बसेर अनलाइनका माध्यमबाट सिक्न सकिने प्रवन्ध गरिएको छ।

डिजी स्कुलमार्फत कम्प्युटर कोर्स गर्न चाहने विद्यार्थीले ९८०१२२४२५५ मा सम्पर्क गरेर वा [email protected] मा इमेल गरेर भर्ना लिन सक्नेछन्। प्रती महिना दुई हजार शुल्क रहेको कोर्सको हाल लकडाउनको समयमा भर्ना लिदा पचास प्रतिशत छुट रहेको बताइएको छ। शुल्कको भुक्तानी इ-सेवाबाट गर्न सकिनेछ।

के हो डिजी स्कुल ?

बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पठ्यक्रम निर्माण गर्ने एन सि सि एजुकेसनले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स डिजी प्रोग्रामलाई नेपालमा डिजी स्कुल नाम दिइएको हो।

यसलाई सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्सले नेपालमा भित्र्याएको हो। डिजी स्कुल कक्षा १ देखि ११ सम्मका बिद्यार्थीका लागि तयार गरिएको हो।

डिजी स्कुल पढ्नेले विद्यालय तहमै जाभा, पाइथन, सिउडोकोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्ड्वयर र मर्मत लगायतका बिषय सिक्नेछ्न साथै आफै सफ्टवेयर निर्माण गर्ने दक्षता राख्ने डिजी स्कुलका प्रोग्राम अफिसर सरोज महतोले बताए।

‘डिजी स्कुल’ का प्रवर्द्धक एन सि सि एजुकेसन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले ‘डिजी प्रोग्राम’ बेलायत, सिङगापुर, पाकिस्तान, भारत लगायत देशहरुमा लोकप्रिय रहेको बताए। यो कोर्ष पढ्ने बिद्यार्थीले एन सि सि एजुकेसन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनको भनाइ छ।

यो कोर्समा आवद्ध उत्कृष्ट विद्यार्थीलाई एन सि सि एजुकेसन अन्तरगत अस्ट्रेलिया, अमेरिका, बेलायत लगायतको देशमा ‘ग्लोवल एजुकेसन टुर’ र ‘ग्लोवल आइटी कम्पिटिसन’ मा सहभागी गराइने नोर्टनले जानकारी दिए।

यो अध्यापन अनलाइन र अफलाइन दुबै प्रणालीबाट गर्न सकिन्छ । कम्प्युटर सिस्टममा हरेक बिद्यार्थीको आआफ्नै लग इन हुन्छ जहाँ विद्यार्थीले गृहकार्य लिने र बुझाउने गर्न सक्छन् भने उनीहरुको प्रगति बिवरण शिक्षक र अभिभावकले चाहेको बेला सजिलै हेर्न सक्छ्न्।

आइ जि सि एस इ (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरि एजुकेसन) ले समेत यो कोर्सलाई मान्यता दिएको सफ्ट्वेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए।

‘अब भने स्कुल देखि नै प्राबिधिक शिक्षाको लहर आउनु जरुरी छ । यहि कुराले हामीलाई डिजी स्कुल सुरु गर्न हौस्यायो,’ श्रेष्ठले भने ।

विद्यालयले सबै विद्यार्थीका लागि डिजी स्कुल सञ्चालन गर्न चाहे अत्यन्तै कम शुल्कमा कोर्सको अध्यापनको प्रवन्ध गर्ने बताइएको छ।

नेपालमा प्राबिधिक शिक्षाको बिकासका गर्न सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्सले सन २०१० देखी एन सि सि एजुकेसन बेलायतसंग विभिन्न प्राबिधिक शिक्षामा सहकार्य गर्दै आइरहेको जनाएकोछ।

TK Viber

प्रकाशित: १२ जेष्ठ २०७७, सोमबार

Loading...