तपाइँको स्मार्टफोन सँधै अधिक तात्ने यी हुन प्रमुख ४ कारणहरू, जान्नुहोस् समाधानको उपायहरु

Technology Khabar १२ जेष्ठ २०७७, सोमबार

तपाइँको स्मार्टफोन सँधै अधिक तात्ने यी हुन प्रमुख ४ कारणहरू, जान्नुहोस् समाधानको उपायहरु

काठमाडौं ।

धेरैजसो मानिसहरु आफ्नो स्मार्टफोन तात्ने समस्याले गर्दा चिन्तामा हुन्छन्। फोन धेरै तात्दा मोबाइल फोनमा आगो लाग्ने संभावना अधिक हुन्छ।

फोन सामान्य तात्नु धेरै चिन्ताको विषय नभएपनि धेरै तात्दा भने सजग रहनु पर्छ। यहाँ हामी तपाईँलाई ती ठूला कारणहरुका बारे बताउँछौं जसले तपाईको मोबाइल फोन तात्ने गर्दछ।

इन्टरनेट कम प्रयोग गर्नुस्

डाटा अब सस्तो भएको छ र हरेक स्थानमा उपलब्ध रहेको छ त्यसकारण आजकल मानिसहरू स्मार्टफोनमा सम्पूर्ण दिनजसो इन्टरनेट प्रयोग गरिरहेका हुन्छन्। यदि कुनै काम गरेन भने पनि मानिसहरू फोनमा इन्टरनेट चलाएर बस्छन्।

अधिक समय मोबाइल फोन चलाउँदा फोन धेरै तात्दछ । यति मात्र नभई यसका साथै मोबाइल फोनमा इन्टरनेटको स्पीड कम वा धेरै हुँदा पनि फोन तातो हुनसक्छ । यसैले फोनको प्रयोग धेरै समयसम्म नगर्नुहोस र इन्टरनेटको प्रयोग पनि निश्चित समयसम्म मात्र प्रयोग गर्नुहोस् ।

डिस्प्ले ब्राइटनेस कम गर्नुस्

धेरै व्यक्तिहरू सँधै आफ्नो स्मार्टफोनको ब्राइटनेसलाई पूरै अन राख्दछन् जसले गर्दा डिस्प्ले तातो हुनुका फोनको प्रोसेसरले पनि अधिक काम गर्न थाल्दछ, जसको कारण पूरै फोन तातो हुन्छ र ब्याट्री पनि छिटो सकिने हुन्छ। ब्याट्री छिटो सकिँदा पनि फोन तात्ने गर्दछ।

त्यसैले सकेसम्म डिस्प्ले ब्राइटनेस अटोमा राख्नुहोस् जसले राती र दिनको समयमा डिस्प्ले ब्राइटनेस आफैं मिलाउँछ। यो सुबिधा छैन भने आफैंले म्यानुअल्ली समेत मिलाउने सुबिधा हुन्छ र डिस्प्ले ब्राइटनेसलाई सकेसम्म कम गर्नुहोस् ।

ब्याकग्राउण्ड एप्स बन्द गर्नुस्

यो सामान्य होकी प्रयोगकर्ताहरुले त्यस्ता धेरै एपहरू उनीहरूको स्मार्टफोनमा इन्स्टल गर्छन् जुन महिनौंसम्म प्रयोग गरिएका हुँदैनन् । तर जतिबेला तपाईको फोन अन हुन्छ, यी सबै एपहरूले आफ्नै ठाउँ लिन्छन् र उनीहरूको काम गर्दछन जसको कारण ब्याट्री खपत बढि हुन्छ ।

यसैगरि धेरै ट्याबहरू खोल्दा पनि तिनीहरू ब्याकग्राउण्डमा चलिरहन्छन ती बन्द नभएका कारण ती ट्याबहरुले समेत अधिक ब्याट्री खपत गर्दछन जसको कारणले फोन तात्न शुरू गर्दछ। त्यसकारण धेरै एपहरू एकैचोटि प्रयोग नगर्नुहोस् र यदि गर्न नै आवश्यक छ भने तपाईंले तिनीहरूलाई उपयोग पछि बन्द गर्नुपर्छ।

चार्जमा राखेर नचलाउनुहोस्

धेरै जसो मानिसहरु आफ्नो फोनलाई चार्जमा राखेर नै प्रयोग गरिरहेका देखिन्छ । यो सबैभन्दा जोखिम हुन्छ । यसले एकातर्फ करेन्ट लाग्ने संभावना रहन्छ भने फोन अत्यधिक तात्ने हुन्छ । जसले फोन पड्किने डर रहन्छ ।

त्यसैले फोन चार्जमा राख्दा प्रयोग नगर्नुहोस् र सकेसम्म वाईफाई पनि बन्द राख्नुहोस् वा फोनलाई फ्लाईट मोडमा राख्नुहोस् ।

Global Bank
easy care

प्रकाशित: १२ जेष्ठ २०७७, सोमबार