Technology Khabar ११ जेष्ठ २०७७, आईतवार
काठमाडौं ।
सामसङले यस गत फेब्रुअरीमा आफ्नो ग्यालेक्सी एस २० सीरीज लन्च गरेको थियो अब भने कम्पनीको यहि वर्ष लन्च हुने ग्यालेक्सी नोट २० सीरीजको बारेमा जानकारीहरु आउन शुरु भएको छ ।
हालै सामसङको ग्यालेक्सी नोट २० स्मार्टफोनको रेन्डर अनलाइनमा लीक भएको छ जसले यस फोनको धेरै स्पेसिफिकेशन्स र डिजाईनको बारेमा जानकारी दिन्छ।
यद्यपि लामो समयदेखि यस स्मार्टफोनको लन्चिङ्गको बारेमा जानकारीहरू आउँदै थिए, तर यो पहिलो पटक यस स्मार्टफोनको रेन्डर बाहिर आएको छ।
रेन्डरकाअनुसार यो स्मार्टफोन सामसङ ग्यालेक्सी नोट १० भन्दा थोरै ठूलो आकारको हुनेछ। कम्पनीले यस स्मार्टफोनलाई अगस्तमा अनलाइन लन्चिङ्ग इभेन्टमार्फत लन्च गर्न सक्ने बताईएको छ।
हालै सेयर भएको रेन्डरको आधारमा हेर्दा सामसङ ग्यालेक्सी नोट २० मा कम्पनीले ६.७ इन्चको डिस्प्ले राख्ने अनुमान गरिएकोछ । जुन सानो पंच होल डिजाईनका साथ आउनेछ। यो पंच होल डिस्प्लेको माथिल्लो भागको ठिक बीचमा हुनेछ।
सेयर गरिएको तस्वीरमा फोनको बेजेल एकदम पातलो देखिन्छ। पावर बटन र भोल्यूम रकर्स डिभाईसको दायाँ तिर अवस्थित छन्। फोनको तल्लो भागमा सामसङले यूएसबी टाइप सी पोर्ट, स्पिकर ग्रिल र एस पेन स्लट दिएको छ।
सामसङको यस फोनको अगाडिबाट फ्लाट र साइडबाट कर्भ्ड देखिन्छ। फोन रियर डिजाइन अधिकांश सामसङ ग्यालेक्सी एस२० अल्ट्रा जस्तै देखिन्छ ।
कम्पनीले आफ्नो नोट २० सिरिजलाई आगामी अगस्टमा अनलाइन इभेन्ट मार्फत लन्च गर्नसक्ने बताईएको छ । एजेन्सीका साथ
प्रकाशित: ११ जेष्ठ २०७७, आईतवार