Technology Khabar ११ जेष्ठ २०७७, आईतवार
काठमाडौं ।
चर्चित आईफोन ह्याकिङ्ग गर्ने एक टिमले हालै आईफोन अनलक गर्न एक नयाँ टूल जारी गरेको छ।
ह्याकर्सको एक प्रख्यात टोलीले ‘जेलब्रेक टूल’ जारी गरेको दाबी गरेको छ जसले अहिलेको नयाँ आईओएस १३.५ भएको आईफोन पनि ह्याक गर्न सक्दछ।
यदि तपाईंको स्मार्टफोन पनि भर्खरको आईओएस ११ भर्सन वा त्यो भन्दा माथिको आईफोन छ भने त्यसलाई सजिलै ह्याक गरिदिनेछ ।
यो ह्याकर टोलीले उनीहरूको टूलले यसलाई ट्रिकको साथ अनलक गर्न सक्दछ भनेर दाबी गरेका छन् ।
टेकक्रन्चको रिपोर्ट अनुसार ‘अनकभर टिम’ नामक ह्याकरहरूको टोलीले सार्वजनिक रूपमा जेलब्रेक टूल प्रकाशित भने गरेको छैन। यद्यपि उनीहरुको टूलले गत साता रिलिज भएको आईओएस १३.५ लाई पनि अनलक गर्न सक्दछ ।
योसँगै अब एप्पलले यसको बारेमा के गर्छ भन्ने प्रश्न उब्जिएकोछ ।
जेलब्रेक टूलहरु बनाउनका लागि ह्याकरहरूले पुरानो आईओएस संस्करणमा सुरक्षा कमजोरीहरु खोज्ने गर्दछन्। एप्पलले यो खुलासा गरेको थियो। यी त्रुटिहरूले आईओएसको कोर सफ्टवेयरमा पहुँच प्रदान गर्दछ।
एप्पलले यस्ता कमजोरीलाई समाप्त पार्न सुरक्षाको लागि फिक्सिङ्ग गरेता पनि यी त्रुटिहरू हालसम्म सार्वजनिक गर्दैन्। उता ह्याकर्सको काम भनेको ती त्रुटिहरू पत्ता लगाउनु हो जुन अझै फिक्स गरिएको छैन।
विशेष कुरा यो छ कि ह्याकरहरूले भर्खरै जारी आईओएस १३.५ मा पनि यस्तै खालका त्रुटि भेट्टाएका थिए ।
विज्ञहरूकाअनुसार एक पटक जेल ब्रेक टूल आईफोन अनलक गर्न प्रयोग गरिएपछि नयाँ त्रुटिहरू पनि चाँडै भेटिन्छन र त्यस्ता टूलहरुको प्रयोग गरेर आईफोनबाट डाटा चोर्न सजिलो हुन्छ।
एप्पलले अहिलेसम्म आईफोनलगायतका डिभाइसहरुमा वाल्ड गार्डेन एप्रोच लिँदै आएको छ जसले केबल अनुमति दिईएका एप्स र स्वीकृती पाएका कस्टमाईजेसन मात्र हुने गर्दछ ।
तर ह्याकरहरुले पत्ताा लगाएको जेलब्रेकर्सले उनीहरुलाई ती प्रतिबन्धहरुमा पहुँच पुर्याउन सक्नेछन र त्यसले उनीहरुको आईफोनललाई कस्टमाईज गर्न सक्नेछन् ।
यस्तो एन्ड्रोयड यूजर्ससँग यसअघिदेखि नै हुँदै आएको थियो ।
प्रकाशित: ११ जेष्ठ २०७७, आईतवार