Technology Khabar १० जेष्ठ २०७७, शनिबार
काठमाडौं ।
मोबाइल वालेट ई–ढेवा सुपर एपले अनलाइन कारोबार समेत शुरु गरेको छ ।
कम्पनीले केहि दिनअघिदेखि ग्रोसरी आईटम अर्डर लिन शुरु गरेको हो । ग्राहकहरुले ई–ढेवा सुपर एपमार्फत घरबाटै आफूलाई आवश्यक पर्ने तरकारी र खाद्यान्न लगायतका सामानहरु अर्डर गर्न सक्नेछन् ।
सामान अर्डर गर्दा डेलिभरी नि:शुल्क गरिएको छ भने हाल यो सेवा काठमाडौं उपत्यकामा मात्र सीमित छ ।
शुरुवातमा एपमार्फत काठमाडौं अर्ग्यानिक्स र खानपिन नामक दुई कम्पनीबाट सामानहरु अर्डर गर्न सकिने व्यवस्था मिलाईएको छ । एपबाट अर्डर गरिएका सामानको भुक्तानी ई–ढेवाकै वालेटबाट गर्न सकिनेछ ।
सूपर एपको रुपमा सेवा दिईरहेको यो एपमार्फत ग्राहकले सबै सुबिधा एकै ठाउँमा पाउन भन्ने उद्धेश्यले कम्पनीले नयाँ सेवा शुरु गरेको जनाएको छ ।
प्रकाशित: १० जेष्ठ २०७७, शनिबार