कम्प्यूटर गेम ‘माइक्रोसफ्ट सोलिटर’ ३० वर्ष पुग्यो, अझै महिनामा ३ करोड ५० लाख बढिले खेल्छन्

Technology Khabar ९ जेष्ठ २०७७, शुक्रबार

कम्प्यूटर गेम ‘माइक्रोसफ्ट सोलिटर’ ३० वर्ष पुग्यो, अझै महिनामा ३ करोड ५० लाख बढिले खेल्छन्

तपाईँ कम्प्यूटरमा गेम कत्तिको खेल्नुहुन्छ ? यदि तपाईँ कम्प्यूटर वा ल्यापटपमा गेम खेल्ने गर्नुभएको छ भने त्यहाँ पक्कैपनि तपाईँले कम्तिमा एक पटक भएपनि तासको गेम खेलेको हुनुपर्दछ ।

माईक्रोसफ्टले बनाएको त्यहि तासको गेम सोलिटर बनाएको आज ३० वर्ष पुगेको छ । माइक्रोसफ्टले सोलिटरको अधिक लोकप्रिय भएका गेमहरुले विश्व रेकर्ड कायम गरेका छन भने कम्पनीले यसको हर्षोल्लास मनाईरहेको छ ।

माईक्रोसफ्टकाअनुसार अहिलेपनि विश्वभर ३ करोड ५० लाख मानिसहरु सोलिटर गेम खेल्ने गर्दछन भने १० करोड भन्दा बढि हातहरु दैनिकरुपमा विश्वभर सक्रिय रहेका हुन्छन् ।

माइक्रोसफ्ट सोलिटर सबैभन्दा पहिले विण्डोज ३.० मा सन् १९९० मा राखिएको थियो ।

यसको उद्धेश्य मानिसहरुलाई कसरी माउस प्रयोग गर्ने भनेर सिकाउनका लागि डिजाईन गरिएको थियो । भर्चुअल कार्डहरु समात्नु र त्यसलाई तोकिएको स्थानमा राख्नुलाई विण्डोजको आधारभूत कार्य ‘ड्र्याग एण्ड ड्रप’ भनिन्छ, जून अहिलेपनि कयौं अपरेटिङ सिस्टममा प्रयोग हुने गरेको छ ।

माइक्रोसफ्ट सोलिटर सहिरुपमा विण्डोज सोलिटर भनेर चिनिन्छ, जून अहिलेपनि विश्वभर दुई दशकभन्दा बढि समयदेखि हरेक भर्सनको विण्डोजमा राखिँदै आएको छ । यो अहिले अर्बौं कम्प्यूटरहरुमा राखिएको थियो । तर विण्डोज ८ सार्वजनिक भएदेखि भने यो विषेश अंगको रुपमा राख्न रोकिएको थियो ।

माइक्रोसफ्ट सोलिटरलाई माइक्रोसफ्टका इन्टर्न वेस चेरीले प्रारम्भिक चरणमा प्रोग्राम गरेका थिए भने यसमा सुसान कारेले सक्कलि कार्ड डेकको डिजाइन गरेका थिए ।

सन् २०१२ देखि यो गेम स्वतन्त्र एपको रुपमा उपलब्ध रहेको छ, जहाँ यसलाई ६५ भाषाहरुमा २०० भन्दा बढि देशहरुमा उपलब्ध गराईएको छ ।

यसका साथै यो सन् २०१५ देखि भने पुन विण्डोज १० मा राखिएको थियो र अहिले माइक्रोसफ्ट सोलिटर एप, विण्डोज र आईओएसका साथै वेब भर्सनमा पनि उपलब्ध छ । एजेन्सीका साथ

प्रकाशित: ९ जेष्ठ २०७७, शुक्रबार

Leave a Reply

Loading...