जूम एपमा प्रतिबन्ध लगाउन माग गर्दै भारतमा मुद्धा, सर्वोच्च अदालतद्धारा सरकारलाई नोटिस जारी

Technology Khabar ९ जेष्ठ २०७७, शुक्रबार

जूम एपमा प्रतिबन्ध लगाउन माग गर्दै भारतमा मुद्धा, सर्वोच्च अदालतद्धारा सरकारलाई नोटिस जारी

भारतको सर्वोच्च अदालतले जूम सफ्टवेयर एपमा प्रतिबन्ध लगाउन माग गरिएको एक निवेदनमा सरकारलाई स्पस्ट पार्न आदेश जारी गरेको छ।

सुप्रीम कोर्टले केन्द्रीय सरकारलाई हालै एक नोटिस जारी गरेको छ, जसले उपयुक्त कानून नबनाएसम्म भारतीय जनताहरुले सफ्टवेयर एप ‘जूम’ को प्रयोगमा प्रतिबन्धको माग गर्दछ।

भारतका मुख्य न्यायाधीश एसए बोबडे, न्यायधीशहरु एएस बोपन्ना र हृषिकेश रायको संयुक्त ईजलासले शुक्रबार केन्द्रीय सरकारलाई यसबारे चार हप्तामा जवाफ दिन भनेको हो।

निवेदन मुख्यरूपमा एपको इन्टरनेट सुरक्षा अभावमा आधारित छ। यसले भन्छ कि एप सुरक्षित छैन र ईण्ड-टू-ईण्ड ईन्क्रिप्शन छैन तथा सूचना प्रविधि ऐन २००० र सूचना प्रविधि (प्रक्रिया र सुरक्षा उपायको अवरोध,  निगरानी) को उल्लंघन गरेको छ।

निवेदनमा जूम सफ्टवेयर एप प्रयोग गर्ने व्यक्तिको गोपनीयता खतरामा रहेको छ र यसले साइबर सुरक्षालाई पनि असर गर्ने दाबी गरिएको छ । त्यसैगरि जूम एप डाटा होर्डिंग र साइबर होर्डिंगको अभ्यास गर्ने तथा जूमबम्बिङ्ग हुने गरेको समेत दाबी छ ।

सरकारलाई समेत विपक्षी बनाईएको सो जूम एप बिरुद्धको निवेदनमा सरकारले जवाफ दिएपछि अर्को सुनुवाई हुने बताईएको छ । एजेन्सीका साथ ।

 

प्रकाशित: ९ जेष्ठ २०७७, शुक्रबार

Leave a Reply

Loading...