जुम्लामा टेलिफोनबाटै बहिरङ्ग विशेषज्ञ सेवा

Technology Khabar ९ जेष्ठ २०७७, शुक्रबार

जुम्लामा टेलिफोनबाटै बहिरङ्ग विशेषज्ञ सेवा

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीडभाड कम गर्न टेलिफोनबाटै बहिरङ्ग विशेषज्ञ सेवा शुरु गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले उपचार सहज बनाउन टेलिफोन विशेषज्ञ सेवा शुरु गरिएको हो ।

अस्पतालमा आउनु नपर्ने र नसक्ने बिरामीका लागि सो सेवाको शुरुआत गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

अस्पतालमा आकस्मिक, बहिरङ्ग र शल्यक्रिया सेवा उपलब्ध छ ।

प्रतिष्ठानका कार्यरत कर्मचारी, बिरामी र समुदायको सुरक्षाका लागिसमेत सो सेवा प्रभावकारी हुने उनको भनाइ छ।

हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा पूजनकुमार रोकायाले बिहान ८ देखि १० बजेसम्म मोबाइल फोनबाट बिरामीलाई सेवा दिइने जानकारी दिए ।

प्रतिष्ठानका अनुसार, मेडिसन विशेषज्ञ डा धीरज गुरुङ बिहान ११ देखि ४ बजेसम्म, बालरोग विशेषज्ञ डा निराजना बिहान १० देखि १२ बजेसम्म र स्त्री तथा प्रसूति रोगविशेषज्ञ डा राजीव साहले बिहान १० देखि १२ बजेसम्म सेवा दिइरहेका छन् ।

शल्यक्रिया विशेषज्ञ डा सूर्यमान लिम्बू र इमरजेन्सी हटलाइनका लागि डा. सिद्धार्थध्वज खातीले भने २४ सै घण्टा सेवा दिने अस्पतालले जनाएको छ ।

प्रकाशित: ९ जेष्ठ २०७७, शुक्रबार

Leave a Reply

Loading...