लकडाउनमा फिस्क्ड इन्टरनेटको गति झनै खस्कियो, मोबाइल इन्टरनेट स्पीडमा भने सुधार

Technology Khabar ९ जेष्ठ २०७७, शुक्रबार

लकडाउनमा फिस्क्ड इन्टरनेटको गति झनै खस्कियो, मोबाइल इन्टरनेट स्पीडमा भने सुधार
सांकेतिक

लकडाउनका बिचमा नेपालको मोबाइल इन्टरनेटको गतिमा सुधार आएको देखिएको छ । गत चैत महिनादेखि नेपालभर लागू भएको लकडाउनले मानिसहरु घरभित्रै खुम्चिएपछि इन्टरनेटको प्रयोग र खपतमा उच्च वृद्धि हुँदै आएको छ ।

हालै सार्वजनिक रिपोर्टअनुसार नेपालको मोबाइल इन्टरनेटको स्पीडमा सुधार आएको देखिएको हो । स्पीडटेस्टको अप्रिल महिनाको ग्लोबल इन्डेक्स रिपोर्टअनुसार नेपाल मोबाइल इन्टरनेटमा ५ स्थान माथि उक्लिएको छ तर अन्य मुलुकहरुको तुलनामा भने निकै कमजोर रहेको छ ।

नेपाल विश्वभरका मुलुकहरुको तुलनामा मोबाइल इन्टरनेट स्पीडमा १११ औं स्थानमा रहेको छ । नेपालको मोबाइल इन्टरनेटमा डाउनलोड स्पीड १४.३५ एमबिपिएस रहेको छ भने अपलोड स्पीड ८.०१ एमबिपिएस रहेको छ ।

नेपालले मोबाइल इन्टरनेटमा सुधार गरेपनि फिक्स्ड इन्टरनेटमा भने अझै कमजोर भएको छ ।

अप्रिल महिनाको तथ्यांकअनुसार फिस्क्ड इन्टरनेटमा नेपालको स्थान ८ अंकले खस्किएर ११८औं स्थानमा झरेको छ ।

सूचीमा झरेसँगै नेपालको फिस्क्ड इन्टरनेटको गति १७.९७ एमबिपिएस रहेको छ भने अपलोड गति १७.३४ एमबिपिएस रहेको छ ।

नेपाल विश्वभरको औसत मोबाइल इन्टरनेट गति र फिस्क्ड इन्टरनेटको गति भन्दा निकै तल रहेको देखिन्छ ।

रिपोर्टअनुसार अप्रिल महिनामा विश्वको मोबाइल इन्टरनेटको औसत गति ३०.८९ एमबिपिएस डाउनलोड तथा १०.५० एमबिपिएस अपलोड रहेको छ ।

त्यस्तै फिक्स्ड इन्टरनेट तर्फ विश्वको औसत गति ७४.७४ एमबिपिएस तथा अपलोड गति ३९.६२ एमबिपिएस रहेको छ ।

प्रकाशित: ९ जेष्ठ २०७७, शुक्रबार

Leave a Reply

Loading...