वायरलेस फाईल ट्रान्सफर प्लेटफर्ममा वनप्लस, रियलमी, मेजू र ब्ल्याकसार्क ब्राण्ड जोडिए

Technology Khabar ८ जेष्ठ २०७७, बिहीबार

वायरलेस फाईल ट्रान्सफर प्लेटफर्ममा वनप्लस, रियलमी, मेजू र ब्ल्याकसार्क ब्राण्ड जोडिए
Classic Tech
Nepal Telecom

करिब एक वर्षअगाडि शुरु भएको चिनियाँ स्मार्टफोन ब्राण्डहरुबिचको वायरलेस फाईल ट्रान्सफर प्लेटफर्ममा थप कम्पनीहरु जोडिएका छन् ।

यसअघि ओपो, भीभो, र शाओमीबिच आधिकारीक रुपमा भएको वायरलेस फाइल ट्रान्सफर सिस्टम (पियर टू पियर ट्रान्समिसन अलायन्स) मा नयाँ कम्पनीहरु जोडिएका हुन् ।

आजैदेखि सो अलायन्समा चार नयाँ ब्राण्डहरु वनप्लस, रियलमी, मेजू र ब्ल्याकसार्क जोडिएका छन् ।

समस्यारहित फाइल ट्रान्सफर प्लेटफर्मको उद्धेश्य क्रस ब्राण्डहरुबिच डाटालाई तिब्ररुपमा आदानप्रदान गर्नुहो । जसमा दुई स्मार्टफोनहरु ब्लूटूथमार्फत शेयर हुन्छन तर मिडिया र अन्य फाईलहरु भने वाईफाईमार्फत २० एमबी प्रति सेकेण्डको दरबाट ट्रान्सफर हुनेछ ।

पि२पि ट्रान्सफर अप्सन शेयर सब मेनुमा उपलब्ध हुनेछ तर यो हाल नन ग्लोबल डिभाइसहरु अर्थात चीनमा मात्र बिक्री गरिने डिभाइसमा राखिनेछ ।

यो अलायन्स मेजू आउनु भने नौलो कुरा भएको छ । अन्य कम्पनीहरु भने बिबिके पोर्टफोलियो अन्तरगतका कम्पनीहरु हुन् । बिबिके ग्रुप अन्तरगतका स्मार्टफोन ब्राण्डहरु ओपो, भीभो, रियलमी र वनप्लस रहेका छन् । यी सबै छुट्टाछुट्टै ब्राण्ड भएपनि एउटै ग्रुपअन्तरगत संचालिन हुन्छन् ।

अर्को थपिएको ब्राण्ड ब्ल्याकसार्क भने शाओमीको गेमिङ्ग सब्सिडरी कम्पनी हो । एजेन्सीका साथ

TK Viber

प्रकाशित: ८ जेष्ठ २०७७, बिहीबार

Comments are closed.

Loading...