Technology Khabar ८ जेष्ठ २०७७, बिहीबार
एक व्यक्तिलाई जूम भिडियो कलमार्फत सिंगापुरमा मृत्युदण्डको घोषणा गरिएको छ । सिंगापुरमा अझैपनि कोभिड १९ को कारणले गर्दा लकडाउनको अवस्था रहेको छ ।
हालै सन् २०११ मा भएको लागूपदार्थको कारोबारमा दोषि ठहर गर्दै ३७ वर्षका पुनिथान जेनासानलाई गत शुक्रबार मृत्युदण्ड सुनाईएको हो ।
यो सिंगापुरकै पहिलो घटना हो जहाँ जूममार्फत दण्ड घोषणा गरिएको हो ।
‘शुनुवाई प्रकृयामा सहभागी सबैको सुरक्षाका लागि पुनिथानको विरुद्ध सार्वजनिक अभियोजनकर्ताको सुनुवाई भिडियो कन्फेरेन्सिङ्गमार्फत गरिएको हो,’ सिंगापुरको सर्वोच्च अदालतका प्रवक्ताले भनेका छन् । एजेन्सी
प्रकाशित: ८ जेष्ठ २०७७, बिहीबार