Technology Khabar ८ जेष्ठ २०७७, बिहीबार
काठमाडौं ।
नेपाल दूरसंचार कम्पनीहरुको मोबाइल डाटा शुल्क उच्च महंगो मध्येमा परेको छ । नेपाली कम्पनीहरुले ग्राहकहरुबाट लिने मोबाइल डाटा सेवा महँगो रहेको रिपोर्ट प्रकाशित भएको छ ।
अन्तराष्ट्रिय दूरसंचार संघ (आईटियू)को मेजरिङ्ग डिजिटल डेभलपमेन्टः आईसिटी प्राइस ट्रेण्ड २०१९ प्रतिवेदनअनुसार नेपाल महंगो डाटा शुल्क हुने देशहरुको सूचीमा ११० औं स्थानमा रहेको छ
प्रतिवेदनकाअनुसार औसतमा १.५ जीबीलाई आधार मानेर हेर्दा नेपालको डाटा शुल्क प्रतिव्यक्ति आयको तुलनामा २.७५ प्रतिशत रहेको छ ।
नेपालको मोबाइल डाटाको शुल्क २.२० अमेरिकी डलर रहेपनि प्रतिव्यक्ति आयको तुलनामा महंगो साबित भएको हो ।
दक्षिण एशियाली मुलुकमध्ये नेपाल दोस्रो महंगो मोबाइल डाटा भएको देशम पर्दछ । नेपाल भन्दा पछाडि अफगानिस्तान मात्र रहेको छ । जसको प्रतिव्यक्ति आयको तुलनामा मोबाइल डाटा दर ९.०८ प्रतिशत रहेकोछ ।
नेपालको मोबाइल डाटा मूल्यको क्रयशक्ति मूल्य समानता ६.४६ डलर रहेको छ भने नेपालको मोबाइल डाटा शुल्कमा २६ प्रतिशक कर लाग्ने उल्लेख छ ।
प्रकाशित: ८ जेष्ठ २०७७, बिहीबार