सस्तो फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवा हुने देशमा नेपाल ७० औं स्थानमा

Technology Khabar ८ जेष्ठ २०७७, बिहीबार

सस्तो फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवा हुने देशमा नेपाल ७० औं स्थानमा
फाइल
Classic Tech

नेपालको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवा विश्वभरमा ७० औं सस्तो मूल्यको रहेको देखिएकोछ । अन्तराष्ट्रिय दूरसंचार संघ (आईटियू)ले सार्वजनिक गरेको रिपोर्टले नेपाललाई ७० औं सस्तो मुलुकमा राखेको हो ।

मेजरिङ्ग डिजिटल डेभलपमेन्टः आईसिटी प्राइस ट्रेण्ड २०१९ रिपोर्टअनुसार नेपालको फिस्क्ड ब्रोडब्याण्डको औसत मूल्य ५ जीबीलाई आधार मान्दा १.८४ अमेरिकी डलर रहेको छ ।

यसको अर्थ यदि ग्राहकले ५ जीबीको फिक्स्ड इन्टरनेट खरिद गर्दा ग्राहकले करिब २२३ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

रिपोर्टकाअनुसार नेपालको कुल ग्राहस्र्थ उत्पादनको आधारमा प्रति व्यक्ति आयको तुलनामा फिक्स्ड इन्टरनेटको मूल्य २.३ प्रतिशत रहेको छ ।

रिपोर्टअनुसार नेपालको फिक्स्ड इन्टरनेटको मूल्य क्रयशक्ति मूल्य समानताको आधारमा भने ५.३८ अमेरिकी डलर रहेको छ । नेपालमा १३ प्रतिशत कर फिक्स्ड इन्टरनेटमा लिईने उल्लेख छ ।

दक्षिण एशियामा नेपाल भन्दा सस्तो इन्टरनेट भएको मुलुकमा श्रीलंका रहेको छ जून सूचीको २६ औं स्थानमा रहेको छ । नेपालको प्रति व्यक्ति आयको तुलनामा इन्टरनेट दर ०.९८ प्रतिशत मात्र रहेको छ ।

सो रिपोर्टमा सन् २०१८ को डाटालाई आधार मानिएको छ जहाँ सो वर्ष फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट बास्केट मासिकरुपमा न्यूनतम ५जीबी रहेको मानिएको छ ।

प्रकाशित: ८ जेष्ठ २०७७, बिहीबार

Comments are closed.

Loading...