नेपाल टेलिकमको २८ दिने भ्वाइस तथा डाटा प्याक ग्राहकहरुले धेरै रुचाउने प्लानः रिपोर्ट

Technology Khabar ८ जेष्ठ २०७७, बिहीबार

नेपाल टेलिकमको २८ दिने भ्वाइस तथा डाटा प्याक ग्राहकहरुले धेरै रुचाउने प्लानः रिपोर्ट
फाइल

काठमाडौं ।

नेपालीहरुले सबैभन्दा धेरै प्रयोग गर्ने दूरसञ्चार सेवाको प्याकेजमध्ये नेपाल टेलिकमको प्याकेज अधिक खपत र रुचाउने गरेका छन् ।

हालै अन्तराष्ट्रिय दूरसञ्चार संघ (आईटियू)ले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को २८ दिनेप्याकेज सबैभन्दा धेरै प्रयोग हुने गरेको सार्वजनिक भएको छ ।

आईटियूले मंगलबार सार्वजनिक गरेको मेजरिङ्ग डिजिटल डेभलपमेन्टः आईसिटी प्राइस ट्रेण्ड २०१९ रिपोर्टअनुसार नेपाल टेलिकमको २८ दिने मोबाइल डाटा तथा भ्वाइस प्याकेज सबैभन्दा धेरै प्रयोग हुने गरेको देखाएको हो ।

रिपोर्टकाअनुसार सो डाटा प्लानमा १.५ जीबी डाटा ग्राहकहरुले प्राप्त गर्दछन भने त्यसको मूल्य ५ डलरको हाराहारीमा पर्ने देखिएको छ भने क्रयशक्ति मूल्य समानता १४.५ डलर तोकिएको छ ।

रिपोर्टकाअनुसार सो प्लान अन्तरगत नेपाल टेलिकमको भ्वाइस कल प्रति मिनेट ०।०१७ अमेरिकी डलर रहेको छ भने क्रयशक्ति मूल्य समानता ०.०५१ अमेरिकी डलर रहेको उल्लेख छ ।

त्यसैगरि स्थानिय एसएमएसमा एउटा एसएमएसको मूल्य ०.०१२ डलर तोकिएको र सो एसएमएसको क्रयशक्ति मूल्य समानता ०.०३४ अमेरिकी डलर रहेको उल्लेख छ ।

easy care

प्रकाशित: ८ जेष्ठ २०७७, बिहीबार