ट्विटरले आफ्नो शर्त र गोपनियताको नीति अपडेट गर्दै, नयाँ नीतिबारे सबैलाई जानकारी दिँदै

Technology Khabar ७ जेष्ठ २०७७, बुधबार

ट्विटरले आफ्नो शर्त र गोपनियताको नीति अपडेट गर्दै, नयाँ नीतिबारे सबैलाई जानकारी दिँदै

काठमाडौं ।

माइक्रोब्लगिङ्ग साइट ट्विटरले हालै आफ्नो शर्त र प्राइभेसी पोलिसी अपडेट गरेको छ । कम्पनीले सो नयाँ अपडेटको बारेमा आफ्ना सबै प्रयोगकर्ताहरुलाई जानकारी दिईरहेको छ ।

सोशल मिडिया कम्पनी ट्विटरले नयाँ अपडेटमा केहि परिवर्तनहरु गरेको छ जसअनुसार कम्पनीले बिजनेस पार्टनरहरुका साथमा अतिरिक्त जानकारीहरु शेयर गर्ने अनुमति दिनेछ ।

ट्विटरकाअनुसार कम्पनीले विभिन्न प्लेटफर्महरुमा विज्ञापनहरु संचालन गर्दछ र ती विज्ञापनहरु प्रभावकारी भएको बुझ्नका लागि प्रयोगकर्ताको डिभाइससँग सम्बन्धित डाटाहरु शेयर गर्नेछ । यसमा आईपी एड्रेसहरुजस्ता डाटाहरु विज्ञापन पार्टनरसँग सहकार्य गरिने बताएको छ ।

त्यसैगरि नयाँ अपडेटमा ट्विटरमा विज्ञापन गर्ने विज्ञापनदाताहरुसँग पनि प्रयोगकर्ताको डिभाइससँग सम्बन्धित डाटाहरु शेयर गर्नेछ जसमा कुन विज्ञापन प्रयोगकर्ताले डिभाइसमा हेरे वा त्यसमा कुनै क्लिक गरे भन्ने जस्ता विषयहरु रहेनछन्।

यसबाहेक कम्पनीले यूरोपेली संघबाट बेलायत बाहिरिने भएपछि ब्रेक्जिटको असरअनुसार त्यसमा पनि अपडेट गर्ने उल्लेख गरेको छ ।

यसबाहेक ट्विटरले विश्वभर सरकारले पछाडि बसेर प्रबद्र्धन गरिरहेका गतिबिधिहरुका जानकारी रोक्नका लागि समेत केहि सूचनाहरु शेयर गर्ने बताएको छ ।

कम्पनीले यी नयाँ प्राइभेसी अपडेट आगामी जून १८ देखि सबैका लागि लागू हुने जनाएको छ ।

easy care

प्रकाशित: ७ जेष्ठ २०७७, बुधबार