शाओमीको नयाँ अपरेटिङ्ग सिस्टम एमअईयूआई १२ आयो, डार्क मोड र प्राइभेसी सहितका फीचरहरु

Technology Khabar ७ जेष्ठ २०७७, बुधबार

शाओमीको नयाँ अपरेटिङ्ग सिस्टम एमअईयूआई १२ आयो, डार्क मोड र प्राइभेसी सहितका फीचरहरु

काठमाडौं ।

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले नयाँ संस्करणको मोबाइल अपरेटिंग सिस्टम एमअईयूआई १२ सार्वजनिक प्रयोगको लागि उपलब्ध गराएको छ

चीनमा यसलाई पहिलो पटक एम आई १० युथ संस्करणको साथ प्रस्तुत गरिएको थियो। अब यो विश्वव्यापी रूपमा उपलब्ध हुन शुरू भएको छ ।

कम्पनीले एमअईयूआई १२ अपडेट आफ्ना स्मार्टफोनहरुका लागि बिभिन्न चरणमा जारी गर्नेछ । यो एमअईयूआई १२ पहिलो राउन्डमा एमआई एमआई ९टि प्रो रेडमी के२० रेडमी के२० प्रोमा अपडेट हुनेछ । यो अपडेट जुन महिनादेखि शुरू हुनेछ ।

एमअईयूआई १२ मा भिजुअल परिवर्तनहरूका साथसाथै धेरै नयाँ सुविधाहरू पनि थप गरिएको छ ।

यसमा अब तपाईँले नयाँ आईकन, एनिमेशन र फन्टहरू प्राप्त गर्नुहुनेछ । यो आधुनिक टेक्स्ट र नयाँ एनिमेसनको कारण फ्रेश देखिन्छ ।

एमअईयूआई १२सँगै एक नयाँ कन्ट्रोल सेन्टर (नियन्त्रण केन्द्र) दिइएको छ । यो एप्पलको आईओएसको नयाँ संस्करणबाट प्रेरित भएको देखिन्छ । यसबाट अब तपाईँले क्वीक सेटिंग्सलाई प्रतिस्थापन गर्न सक्नुहुनेछ ।

कम्पनीले यस अपडेटमा केही नयाँ लाइभ वालपेपर पनि दिएको छ, जसलाई सुपर वालपेपर भनिएकोछ ।

फ्लोटिंग विन्डोजहरूको लागि सपोर्ट राखिएको छ, जसले गर्दा डेस्कटपमा जस्तै एकै साथ बिभिन्न विन्डोजहरू प्रयोग गरेको जस्तै अनुभव हुनेछ ।

कम्पनीले नयाँ एमआईयूआई १२ ‌ओएसमा गोपनीयताको बारेमा धेरै दावी गरेको छ। यदि कुनै एपले छुट्टै अनुमति माग्यो भने प्रयोगकर्ताहरूलाई बोल्ड टेक्स्टमा जानकारी दिनेछ । यदि तपाईंले पहिलो पटक फाेनमा कुनै एप खोल्नुभयो भने, यसले तपाईंलाई सो एपले कुन कुन जानकारीहरुमा एक्सेस गरिरहेको छ भन्ने बताउँदछ।

गोपनीयताको लागि यसमा फ्लेयर (Flare) फीचर राखिएको छ । जब कुनै एपले तपाईंको क्यामरा, माइक्रोफोन वा लोकेशन तपाईँकाे अनुमति बिना प्रयोग गर्ने कोशिस गर्दछ भने त्यसबेला तपाईंलाई यो फीचरले अलार्मको माध्यमबाट चेतावनी दिनेछ।

स्वास्थ्य सम्बन्धि सुविधाहरु पनि एमआईयूआई १२ मा प्रदान गरिएका छन् । यस अन्तर्गत स्टेप्स काउन्टर, साइक्लिङ्ग,, स्टीयर क्लाइम्बिङ्ग र स्लीप ट्र्याकर जस्ता फीचरहरु प्रदान गरिएको छ।

यी सबै सुविधाहरू बाहेक धेरै साना सुविधाहरू पनि यसमा देखिने छन् । यसमा मी सेयर, डार्क मोड २, मौसम, गेस्चर नियन्त्रण र नयाँ प्रकारको एप ड्रयर सामेल छ । एजेन्सीका साथ

यी फोनहरुमा आउनेछ अपडेट-

Global Bank
easy care

प्रकाशित: ७ जेष्ठ २०७७, बुधबार

ताजा समाचार