वनप्लस ८ प्रोमा राखिएको फिल्टर सेन्सर विवादमा, कम्पनीले प्रयोग गर्न नमिल्ने बनाउने

Technology Khabar ७ जेष्ठ २०७७, बुधबार

वनप्लस ८ प्रोमा राखिएको फिल्टर सेन्सर विवादमा, कम्पनीले प्रयोग गर्न नमिल्ने बनाउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन मेकर वनप्लसले हालै आफ्नो वनप्लस ८ प्रोको साथमा सार्वजनिक गरेको फिल्टर क्यामरा फीचरलाई अस्थाईरुपमा बन्द गर्ने भएको छ ।

कम्पनीले विकास गरेको यो ५ मेगापिक्सेलको फिल्टर क्यामराले केहि ठोस बस्तुहरु र केहि कपडाहरुमार्फत पछाडिको वस्तुहरु हेर्नसक्ने क्षमता रहेको छ ।

यसको यही फीचरका कारण वनप्लसको बारेमा निकै चर्को आलोचना समेत भएको छ । यो फीचरले मानिसहरुको व्यक्तिगत गोपनियता हनन गरेको भन्दै आपत्ति समेत व्यक्त गरिएको छ ।

यहि कारणले गर्दा कम्पनीले कलर फिल्टर क्यामरा फीचरलाई हाल डिसेबल अर्थात प्रयोग गर्न नसकिने बनाउने भएको हो ।

कम्पनीले आफ्नो वेबोमार्फत सो बारेमा जानकारी दिँदै आगामी अपडेटमार्फत त्यसलाई रोकिने बताएको हो । तर कहिले यस्तो अपडेट आउँछ भन्ने जानकारी छैन् ।

५ मेगापिक्सेलको कलर फिल्टर मोडुलले विभिन्न वस्तुहरुलाई स्क्यान गरेर त्यसको भित्र भएको चिजहरु हेर्नसक्दछ र यसमा आईआर फिल्टरको अभाव हुँदा यसलाई निकै संवेदनशिल बनाएको छ ।

यो फीचर प्रयोग गर्न निश्चित उज्यालो, निश्मित वस्तुहरु र यूजर्स निश्चित दूरीमा रहेको हुनुपर्नेछ।

कम्पनीले हाल यसलाई प्रयोग गर्न नसकिने बनाएपछि पुन यसलाई सुधार गरेर ल्याउने बताएको छ । एजेन्सी

easy care

प्रकाशित: ७ जेष्ठ २०७७, बुधबार